प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अक्टोबर p. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००१
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अक्टोबर p. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! अक्टो. ८

“आज धेरैलाई आफ्नो जीवन अन्यौलपूर्ण लाग्छ। [उपदेशक ९:११ पढ्‌नुहोस्‌।] भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌।] कसै-कसैले संख्याशास्त्र हेर्छन्‌। के तपाईंको भविष्य पत्ता लगाउने माध्यम यही हो? भविष्यबारे तपाईं भरपर्दो जानकारी कहाँ पाउन सक्नुहुन्छ? यसको उत्तर ब्यूँझनुहोस्‌!-ले दिन्छ।”

प्रहरीधरहरा अक्टो. १५

“आज धेरै खराब कुराहरू हुनुको कारण के हो भनेर तपाईं आफ्नो छोराछोरी अथवा अरूलाई कस्तो जवाफ दिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले ‘सबै प्रकारका दुष्टताको लागि को दोषी छ?’ भन्‍ने प्रश्‍नको उत्तर दिन्छ। [१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले त्यो दुष्ट को हो र हामी त्यसको कसरी विरोध गर्न सक्छौं भन्‍ने कुरा बुझ्न मदत गर्नेछ।”

ब्यूँझनुहोस्‌! अक्टो. ८

“समस्याहरू आइपर्दा हामी स्वतः प्रार्थनामा परमेश्‍वरलाई पुकार्छौं। त्यसैले, के तपाईंलाई उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र त्यसपछि १ पत्रुस ३:१२ पढ्‌नुहोस्‌।] परमेश्‍वरले हाम्रो प्रार्थना साँच्चै सुनेको चाहन्छौं भने, उहाँको वचनले निर्देशित गरेअनुसार हामीले उहाँलाई पुकार्नु अत्यावश्‍यक छ। [पृष्ठ २६ पल्टाएर देखाउनुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले हामीलाई प्रार्थना गर्दा परमेश्‍वरले हामीबाट चाहनुहुने कुराहरूबारे बताउँछ।”

प्रहरीधरहरा नोभे. १

“हामीमध्ये धेरैजसो अरूसित शान्तिपूर्ण सम्बन्ध राख्ने कोसिस गर्छौं। तर भन्‍न जति सजिलो छ गर्न त्यतिकै गाह्रो छ भन्‍ने कुरामा त तपाईं सहमत हुनुहुन्छ होला। [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले यसो हुनुको कारण बताउँछ। [याकूब ३:२ पढ्‌नुहोस्‌।] यस लेखले शान्ति पुनःस्थापना गर्न र त्यसलाई कायम राख्न माफी माग्नुले कस्तो निर्णायक भूमिका खेल्छ भनेर देखाउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने