पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अक्टो. १
“अहिलेको यो अनैतिक संसारमा हाम्रो नैतिक स्तरहरूलाई जोगाउन केले मदत गर्छ होला? [जवाफ दिने मौका दिनुहोस् अनि हितोपदेश २२:३ पढ्नुहोस्। त्यसपछि पृष्ठ १२ को लेख देखाउनुहोस्।] एकदमै मदतकारी साबित भएका व्यावहारिक कदमहरू यस लेखमा दिइएका छन्।”
ब्यूँझनुहोस्! अक्टो. – डिसे.
“थुप्रैलाई हाम्रो सृष्टि भएको हो भन्ने लाग्छ। तर अर्कोतर्फ कतिले हामी क्रम-विकासबाट आएका हौं भन्छन्। तपाईंलाई चाहिं कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्।] यो सल्लाहले हामीलाई सही निष्कर्षमा पुग्न मदत गर्छ। [अय्यूब १२:७, ८ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस विशेष अंकमा हामीले प्रकृतिमा देखिने डिजाइनहरू र बुद्धिमानी कुराहरूबाट के सिक्न सक्छौं, सो छलफल गरिएको छ।”
प्रहरीधरहरा नोभे. १
“बच्चाहरूलाई कसरी हुर्काउनुपर्छ भन्ने विषयमा भिन्नाभिन्नै थुप्रै विचारहरू छन्। यसबारे आमाबाबुले भरपर्दो सल्लाह पाउन सक्छन् जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि भजन ३२:८ पढ्नुहोस्।] यस पत्रिकामा बच्चाहरू हुर्काउने सन्दर्भमा बाइबलबाट व्यावहारिक सल्लाह प्रस्तुत गरिएको छ।”
ब्यूँझनुहोस्! अक्टो. – डिसे.
“थुप्रैले सृष्टिकर्ता हुनुहुन्छ भनी विश्वास गर्छन्। यस विश्वासलाई हामीले कसरी सही ठहऱ्याउन सक्छौं? [जवाफ दिने मौका दिनुहोस् अनि हिब्रू ३:४ पढ्नुहोस्। त्यसपछि पृष्ठ २६ को लेख देखाउनुहोस्।] हामीले सृष्टिकर्तामा विश्वास गर्न सक्नुका कारणहरू अरूलाई कसरी बताउन सक्छौं भनी यस लेखमा सुझावहरू दिइएका छन्।”