प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! नोभे. ८

“आज जस्तो तनाउग्रस्त जीवन मानिसले पहिला कहिल्यै बिताउनु परेको थिएन भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबले यसबारे भविष्यवाणी गरेको थियो। [२ तिमोथी ३:१ पढ्‌नुहोस्‌।] धेरै मानिसहरूलाई जीवन बोझ लागेको कारण तिनीहरू आत्महत्या गर्छन्‌। यस पत्रिकाले सही मदत दिन्छ। यसले नैराश्‍य विरुद्ध लड्‌ने अनि जीवनलाई अर्थपूर्ण बनाउने तरिकाहरूबारे बताउँछ।”

प्रहरीधरहरा नोभे. १५

“हामीले ‘येशूले उद्धार गर्नुहुन्छ’ वा ‘येशू हाम्रोनिम्ति मर्नुभयो’ भन्‍ने अभिव्यक्‍तिहरू सुनेका छौं। [यूहन्‍ना ३:१६ उद्धृत गर्नुहोस्‌।] तर एक जना मानिसको मृत्युले हामी सबैको उद्धार कसरी हुनसक्छ भनेर के तपाईं कहिल्यै छक्क पर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले यस प्रश्‍नको सरल जवाफ दिन्छ। ‘येशूले उद्धार गर्नुहुन्छ—कसरी?’ शीर्षक भएको यस लेखले यसबारे स्पष्टसित बताउँछ।”

ब्यूँझनुहोस्‌! नोभे. ८

“हरेक वर्ष परीक्षाको नतिजापछि धेरै युवाहरूले आत्महत्या गर्छन्‌, के तपाईंलाई यो चिन्ताको विषयजस्तो लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्‌।] ब्यूँझनुहोस्‌! पत्रिकाले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको अद्‌भुत भविष्यतर्फ हाम्रो ध्यान खिच्छ र युवा अनि वृद्ध दुवैलाई यस्ता नकारात्मक सोचाइहरू हटाउन मदत गर्छ। [भजन ३७:१०, ११, २९ पढ्‌नुहोस्‌।] मलाई पूर्ण विश्‍वास छ, तपाईंले यस विशेष अंकबाट लाभ उठाउनुहुनेछ। [पृष्ठ ३२ को लेखबाट उपयुक्‍त बुँदाहरू उल्लेख गर्नुहोस्‌।]

प्रहरीधरहरा डिसे. १

“वर्षको यस समयमा धेरै मानिसहरू उपहार दिन अनि अन्य असल कार्यहरू गर्नमा व्यस्त हुन्छन्‌। यस्ता कार्यहरूले सुनौलो नियमबारे सोच्न बाध्य तुल्याउँछ। [मत्ती ७:१२ पढ्‌नुहोस्‌] के तपाईंलाई वर्षभरि यो नियम लागू गरेर बाँच्नु सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] ‘सुनौलो नियम—के यो अझै व्यावहारिक छ’ शीर्षक भएको यो पत्रिकाले यस विषयमा थप जानकारी प्रदान गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने