पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! डिसे. ८
“हामी हिंसाले भरिएको समयमा बाँचिरहेका छौं भन्ने कुरामा तपाईंको दुईमत छैन होला। [घरधनीले जवाफ दिइसकेपछि २ तिमोथी ३:३ पढ्नुहोस्।] अक्सर परिवारभित्रै यस्ता ‘निष्ठूर’ कार्यहरू हुने गर्छन्। ‘कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत’ शीर्षकको यस लेखले आशाको सन्देश प्रस्तुत गर्छ। यस्तो समस्या भोगिरहेका कसैलाई चिन्नुहुन्छ भने उसलाई पनि तपाईं यो पत्रिका दिनसक्नुहुन्छ।”
प्रहरीधरहरा डिसे. १५
“येशूमा विश्वास होस् या नहोस्, अधिकांश मानिसहरूले वर्षको यस समयमा येशूबारे सोच्ने गर्छन्। कोही-कोही उहाँ वास्तविक व्यक्ति हुनुहुन्नथ्यो भन्ने गर्छन्। तपाईंलाई नि कस्तो लाग्छ? [घरधनीले जवाफ दिइसकेपछि मत्ती १६:१५, १६ पढ्नुहोस्।] मलाई विश्वास छ, ‘येशूको साँचो चिनारी’ शीर्षकको यो लेख पढिसक्नुभएपछि तपाईंको वर्तमान जीवन र भविष्यमा उहाँले कस्तो भूमिका खेल्नुहुन्छ भन्ने कुरा तपाईंले बुझ्न सक्नुहुनेछ।
ब्यूँझनुहोस्! डिसे. ८
“विश्वमा भइरहेका भयानक कुराहरूलाई हेर्दा धेरैलाई कुकर्मीहरू विरुद्ध शक्ति प्रयोग गर्नु उचितै हो जस्तो लाग्ला। के तपाईंलाई पनि त्यस्तै लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] समस्याचाहिं के हो भने, अक्सर दण्ड दिंदा न्यायलाई वास्तै गरिंदैन। [भजन ३७:१०, ११ पढ्नुहोस्।] यो सबै भएको तपाईं आफ्नै आँखाले हेर्न चाहनुहुन्छ भने, पृष्ठ २६ मा दिइएको यस लेखले तपाईंको चासो जगाउनेछ।
प्रहरीधरहरा जन. १
“किन केही मानिसहरूले सुविधाजनक जीवन बिताएको जस्तो देखिन्छ, जबकि अन्य कतिपयले चाहिं जीउनको लागि कडा संघर्ष गर्नुपर्ने हुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? बाइबलले यसबारे केही बताउँछ। [अय्यूब ३४:१९ पढ्नुहोस्] परमेश्वरले वर्ग विभाजनलाई कसरी हटाउने इच्छा गर्नुभएको छ भन्ने विषयमा यस पत्रिकाले बताउँछ।”