पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! जन. ८
“कसैले पनि ‘म बिरामी परें’ नभन्ने समय एक दिन आउनेछ भनी बाइबलले प्रतिज्ञा गर्छ। [यशैया ३३:२४ पढ्नुहोस्।] त्यही प्रतिज्ञाअनुरूप, ब्यूँझनुहोस्!-को यस अंकले जवान तथा वृद्धलगायत लाखौं मानिसहरूलाई पिरोल्ने एउटा रोगबारे बताउँछ। यसको शीर्षक छ, ‘जोर्नीशोथ भएकाहरूका लागि आशा।’ मलाई लाग्छ, तपाईंलाई यी लेखहरू जानकारीमूलक लाग्नेछ।”
प्रहरीधरहरा जन. १५
“धेरै मानिसहरूले उपासना गर्दा मूर्तिहरूको प्रयोग गर्छन्। के तपाईंलाई ती मूर्तिहरूले बचाउन सक्छन् जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] साँचो परमेश्वरले हाम्रोनिम्ति के गर्नु हुनेछ, कृपया यहाँ हेर्नुहोस् त। [प्रकाश २१:३, ४ पढ्नुहोस्।] साँचो परमेश्वरले मात्र यस्तो काम गर्न सक्नुहुन्छ। उहाँ को हुनुहुन्छ र उहाँमा भरोसा राख्दा हामीले कस्तो फाइदा उठाउन सक्नेछौं भन्ने कुरा यस पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! जन. ८
“थुप्रै आमाबाबुले आफ्ना छोराछोरीहरूसँग कुराकानी गर्न झन्-झन् गाह्रो भएको टिप्पणी गर्छन्। के तपाईंलाई यो भनाइ साँचो हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्, त्यसपछि हितोपदेश १५:२२ पढ्नुहोस्।] आमाबाबुको हैसियतमा हामीले आफ्ना छोराछोरीहरूप्रति साँचो चासो लिनुपर्छ र उनीहरूलाई खुलस्त कुराकानी गर्न प्रोत्साहन दिनुपर्छ। यस अंकले देखाएझैं त्यसो गर्न ब्यूँझनुहोस्! पत्रिकाले मदत गर्छ। [पृष्ठ ३२ देखाउनुहोस्।] तपाईं र तपाईंका परिवारले यो पढेर आनन्द उठाउनुहुनेछ भन्ने कुरामा मलाई पक्का विश्वास छ।”
प्रहरीधरहरा फेब्रु. १
“मानिसहरू वातावरण प्रदूषणबारे एकदमै चिन्तित छन्। तर के तपाईंले मनको प्रदूषणबारे कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले आध्यात्मिक तथा शारीरिक दुवै तवरमा शुद्ध रहनुपर्ने महत्त्वमाथि जोड दिन्छ। [२ कोरिन्थी ७:१ पढ्नुहोस्।] मलाई पक्का विश्वास छ, यो जानकारी तपाईंलाई मदतकारी तथा व्यावहारिक लाग्नेछ।”