प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जनवरी p. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जनवरी p. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! जन. ८

“के तपाईंलाई आजको हिंस्रक मनोरञ्जनले आफ्ना छोराछोरीलाई कस्तो असर पारिरहेको छ भनी आमाबाबु चिन्तित हुनुपर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] थुप्रै आमाबाबुले यो बाइबल पद निर्देशनको रूपमा प्रयोग गर्छन्‌। [भजन ११:५ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले परिवारहरूलाई इलेक्ट्रोनिक गेमसित सम्बन्धित खतराहरू केलाउन मदत गर्छ।”

प्रहरीधरहरा जन. १५

“अहिलेसम्म भएको रक्‍तपातपूर्ण घटनाहरूलाई विचार गर्दा के तपाईंलाई असलमाथि खराबीले विजय हासिल गरेको छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले परमेश्‍वरको विषयमा के भन्छ ध्यान दिनुहोस्‌। [भजन ८३:१८ख पढ्‌नुहोस्‌।] परमेश्‍वर यस पृथ्वीको सर्वोच्च हुनुभएको कारण के साँच्चै खराबीले विजय हासिल गर्न सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले यस प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन्छ।”

ब्यूँझनुहोस्‌! जन. ८

“अधिकांश मानिसहरूको एउटा वा त्योभन्दा बढी खराब बानी वा दुर्गुणहरू हुन्छन्‌। के तपाईंलाई हामीले त्यस्ता बानीहरू हटाउने प्रयास गर्नुपर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] हामीमध्ये थुप्रैको त्यस्तो चाहना भए तापनि सायद तपाईंले यहाँ भनिएको कुरा बुझ्न सक्नुहुन्छ होला। [रोमी ७:१८, १९ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकमा [पृष्ठ २० देखाउनुहोस्‌] परमेश्‍वरको दृष्टिकोणका साथै खराब बानीमाथि विजयी हुने मदत दिइएको छ।

प्रहरीधरहरा फेब्रु. १

“आज थुप्रै मानिसहरू बेरोजगारीबारे चिन्तित छन्‌ भने, अरू कतिपयचाहिं जागिरमा अत्याधिक कामको बोझले दबिएका छन्‌। के तपाईंलाई काममा आनन्दित हुनुका साथै सुरक्षित हुनु सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ६५:२१-२३ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले सबैले इनामदायी काम गर्न सक्ने समयबारे छलफल गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने