पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! फेब्रु. ८
“विश्वलाई नै हल्लाउने यस दुर्घटनाबारे हामी सबैलाई थाह छ। त्यस समयदेखि मानिसहरूलाई सान्त्वना र मदतको धेरै खाँचो परेको छ। यस लेखले अरू कुराहरूको अतिरिक्त, बाँचेका मानिसहरू, उद्धारकर्मीहरू र प्रिय जनहरू गुमाएकाहरूलाई मदत गर्न यहोवाका साक्षीहरूले के गरिरहेका छन् भनी बताउनेछ।”
प्रहरीधरहरा फेब्रु. १५
“जीवन बिताउनको लागि सबैभन्दा राम्रो सल्लाह र ठूल-ठूला निर्णयहरू गर्ने निर्देशन कहाँ पाउन सकिएला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] सुनौलो नियमजस्ता केही उत्तम निर्देशनहरू बाइबलमा पाइन्छ। [मत्ती ७:१२ पढ्नुहोस्।] अरू कस्ता इश्वरीय सिद्धान्तहरूले हामीलाई प्रत्यक्ष लाभ पुऱ्याउन सक्छ? यसको जवाफ तपाईंले यस पत्रिकामा पाउनुहुनेछ।”
ब्यूँझनुहोस्! फेब्रु. ८
“सेप्टेम्बर ११ मा आतंककारी आक्रमण भएदेखि हाम्रो भविष्य कस्तो हुने होला भनी मानिसहरू अन्योलमा परेका छन्। हामीलाई उज्जवल भविष्य चाहिन्छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [२ पत्रुस ३:१३ पढ्नुहोस्।] धार्मिक संसारमा मानिसहरू कस्ता हुनेछन् भनी यस विशेष ब्यूँझनुहोस्! पत्रिकामा दिइएका केही अनुभवहरूले बताउनेछन्। कृपया यो पढ्नुहोस्।”
प्रहरीधरहरा मार्च १
“अहिले घटिरहेका घटनाहरू देख्दा हाम्रो भविष्य कस्तो होला भनेर हामीमध्ये धेरैजसो चिन्तित छौं। भविष्यबारे हामी किन ढुक्क हुन सक्छौं भनी येशू ख्रीष्टले आफ्नो प्रख्यात प्रार्थनामा प्रकट गर्नुभयो। [मत्ती ६:९, १० पढ्नुहोस्।] धेरै पहिले गरेका भूलहरू मानवजातिले अहिले पनि दोहऱ्याइरहेका छन्। तर त्यतिबेला परमेश्वरको सेवा गर्ने मानिसहरूको आनन्दमय भविष्य थियो। हामीले पनि कसरी त्यस्तै आनन्दमय भविष्य पाउन सक्छौं भनी यस पत्रिकाले बताउँछ।”