प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 मार्च p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 मार्च p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! मार्च ८

“बाइबलले असल शिक्षाको महत्त्वबारे जोड दिन्छ। [हितोपदेश २:१०, ११ पढ्‌नुहोस्‌।] बच्चाहरूको लागि योग्य शिक्षक हुनु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा हामीमध्ये प्रायजसोले अनुभव गरेका छौं। शिक्षकहरूको महत्त्वपूर्ण भूमिका, तिनीहरूले गरेका त्यागहरूलाई हामीले कसरी मूल्यांकन गर्नुपर्छ र तिनीहरूले सामना गर्ने अप्ठ्यारा चुनौतीहरूमा आमाबाबुले कसरी मदत गर्न सक्छन्‌ भनी ब्यूँझनुहोस्‌!-ले प्रकाश पार्छ।”

प्रहरीधरहरा मार्च १५

“धार्मिक शासन भयो भने यो पृथ्वी अहिलेको भन्दा कता हो कता राम्रो हुनेछ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले कस्तो प्रतिज्ञा गर्छ, कृपया ध्यान दिनुहोस्‌ त। [भजन ३७:११ पढ्‌नुहोस्‌।] एक जना सिद्ध नेताको नेतृत्वमा हामी यस्तो शान्तिको आनन्द उठाउन सक्छौं र ती नेता को हुन्‌ भन्‍नेबारे यी लेखहरूमा बताइएको छ।”

ब्यूँझनुहोस्‌! मार्च ८

“अचेल धेरैभन्दा धेरै मानिसहरूलाई आफ्नो रिस नियन्त्रणमा राख्न गाह्रो भइरहेको कुरा के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले ‘क्रोधको जमानालाई कुन कुराले बढावा दिइरहेको छ?’ भन्‍ने चाखलाग्दो विषयमा छलफल गरेको छ। यसले रिसलाई कसरी वशमा राख्ने भनेर पनि बताउँछ। [हितोपदेश १५:१ पढ्‌नुहोस्‌।]”

प्रहरीधरहरा अप्रि. १

“म तपाईंलाई बाइबलबाट हृदयस्पर्शी विचार देखाउन चाहन्छु। [मत्ती २२:३७ पढ्‌नुहोस्‌।] तपाईंलाई यसको अर्थ के हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] ‘आफ्नो मन अनि हृदयले परमेश्‍वरको खोजी गर्नुहोस्‌’ भन्‍ने यस लेखलाई ध्यान दिनुहोस्‌। साँचो विश्‍वास हृदयसँग मात्र सम्बन्धित छ वा यसमा मन पनि समावेश छ? यसको जवाफ एकदमै ज्ञानवर्धक छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने