पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! मार्च ८
“ “थुप्रै मानिसहरूलाई जनावरहरूबारे जान्न निकै रमाइलो लाग्छ र कसै-कसैलाई चाहिं ती घरपालुवा जनावरको रूपमा राख्न मनपर्छ। [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले घरपालुवा जनावर राख्नुका केही चुनौतीहरूबारे छलफल गर्छ। यसले सबै जनावरहरू एक-आपसमा र मानिसजातिसित शान्तिमा रहने परमेश्वरको प्रतिज्ञाकृत समयबारे पनि बताउँछ।” यशैया ११:६-९ पढ्नुहोस्।”
प्रहरीधरहरा मार्च १५
“हामी तपाईंलाई आइतबार, अप्रिल ४ का दिन हुने प्रभुको साँझको भोजको उत्सवमा आमन्त्रित गर्न चाहन्छौं। [पत्रिकाको पछिल्लो आवरण वा छापिएको स्मरणार्थ निमन्त्रणा पर्ची चलाएर बताउनुहोस्। त्यसपछि लूका २२:१९ पढ्नुहोस्।] प्रहरीधरहरा-को यस अंकमा दिइएको सुरुका लेखहरूले यस उत्सवको अर्थ र यो मनाउने तरिकाबारे छलफल गर्छ।”
ब्यूँझनुहोस्! मार्च ८
“के तपाईंलाई हाम्रा नेताहरूले प्रदूषणको समस्या पूर्णतया समाधान गर्न सक्नेछन् जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि प्रकाश ११:१८ पढ्नुहोस्।] “हाम्रो पृथ्वी—यसको भविष्य कस्तो छ?” भन्ने लेखले हाम्रो मायालु सृष्टिकर्ताले निकट भविष्यमा पृथ्वीलाई प्रदूषणमुक्त बनाउनुका साथै त्यसपछि हामीले उपभोग गर्न सक्ने आशिष्हरूबारे बताउँछ।”
प्रहरीधरहरा अप्रि. १
“जंगली जनावरको चिह्नसित सम्बन्धित बाइबलको रहस्यमय विवरणमा जति टीकाटिप्पणी अरू कमै परिच्छेदहरूमा भएका होलान्। के तपाईंले यसबारे कहिल्यै सुन्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि प्रकाश १३:१६-१८ पढ्नुहोस्।] स्वयम् बाइबलले यस रहस्यको अर्थ खुलाउन मदत गर्छ। ती के हुन् भन्ने विषयमा यस पत्रिकाले बताउँछ।”