प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अप्रिल p. ३
  • ‘सबै मानिसतर्फ भलाइको काम गर्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सबै मानिसतर्फ भलाइको काम गर्नुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • भलाइको निम्ति उत्सुक हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना
    हाम्रो राज्य सेवकाई—२००१
  • ‘असल काममा धनवान्‌ हुनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अप्रिल p. ३

‘सबै मानिसतर्फ भलाइको काम गर्नुहोस्‌’

१ ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’ र ‘असल काममा धनवान्‌ हुनुहोस्‌’ फेब्रुअरी तथा मार्च २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्टका मूल विषयहरू थिए। (कल. १:२५; १ तिमो. ६:१८) ती अंकहरूमा हामीलाई चासो देखाउने मानिसहरूलाई स्मरणार्थमा उपस्थित हुन, निष्क्रिय भएकाहरूलाई मण्डलीमा पुनः समावेश हुन र आफ्ना बालबच्चा तथा योग्य बाइबल विद्यार्थीहरूलाई सुसमाचारका प्रकाशक हुनको लागि मदत गर्न थप प्रयत्न गर्ने प्रोत्साहन दिइएको थियो। निस्सन्देह, हाम्रो लगनशील प्रयत्नको कारण हामीले केही सफलता हासिल गऱ्‍यौं। “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम [गरिरहौं]।”—गला. ६:१०.

२ तिनीहरूलाई फेरि उपस्थित हुन निमन्त्रणा दिनुहोस्‌: गत वर्षको स्मरणार्थ उत्सवमा भारत शाखाको इलाकामा उपस्थित भएकाहरूमध्ये तीस हजारभन्दा बढी सुसमाचारका प्रकाशकहरू थिएनन्‌। तिनीहरूको उपस्थितिले केही चासोको संकेत दिने हुनाले “अनन्त जीवनका लागि नियुक्‍त भएका” मानिसहरूलाई ‘विश्‍वासी’ बन्‍नको लागि प्रोत्साहन दिन हामीले के गर्नुपर्छ? (प्रेरि. १३:४८) तिनीहरूलाई जतिसक्दो चाँडो मण्डलीका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌।

३ यशैयाको भविष्यवाणीको रोचक छलफलमा भाग लिन मण्डली पुस्तक अध्ययनमा उपस्थित हुनको लागि चासो देखाउने व्यक्‍तिलाई निमन्त्रणा दिनुभए कसो होला? तपाईं चासो देखाउने व्यक्‍तिको नातेदार वा चिनजान हुनुहुन्छ र चाँडै तपाईं ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिंदै हुनुहुन्छ भने, तपाईं तिनलाई सभामा आएर आफ्नो भाषण सुन्‍ने निमन्त्रणा दिन सक्नुहुन्छ। तिनलाई आगामी हप्ताहरूमा दिइने जन भाषणहरूको विषयबारे पहिल्यै जानकारी दिनुहोस्‌। (सूचना पाटीमा नवीनतम तालिका टाँसिएको हुनुपर्छ।) तिनमा यहोवाको उपासना गर्न इच्छा जगाउने मौका खोज्न चनाखो हुनुहोस्‌। तिनले मण्डलीको कसैसँग पनि बाइबल अध्ययन गरेका छैनन्‌ भने, तपाईंले तिनीसँग नम्रतापूर्वक बाइबल अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ।

४ निष्क्रियहरूलाई प्रोत्साहन दिइरहनुहोस्‌: स्मरणार्थमा उपस्थित भएका कतिपयले यहोवाप्रति समर्पण गरिसकेका छन्‌। तथापि, पछि गएर तिनीहरूले सक्रियतासाथ सुसमाचार प्रचार गर्न छाडे। तर पावलले हामीलाई “खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्न आग्रह गरे। (गला. ६:१०) त्यसैकारण, निष्क्रियहरूलाई प्रमुख चासो दिनुपर्छ।

५ सायद कतिपयले फेरि सेवकाईमा भाग लिनको लागि प्राचीन तथा अरूहरूले दिएको प्रोत्साहनप्रति सकारात्मक प्रतिक्रिया देखाइसकेका छन्‌ होला। तपाईंलाई प्राचीनहरूले पुनः सक्रिय भएको प्रकाशकसँग काम गर्न खटाएमा, यहोवा तथा क्षेत्र सेवकाईप्रतिको तपाईंको प्रेमले नै तिनको विश्‍वास बढाउनेछ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईं सेवकाईका विभिन्‍न पक्षहरूमा कसरी भाग लिनुहुन्छ भनी तिनलाई देखाउनुहोस्‌ ताकि तिनले यसबाट आनन्द प्राप्त गर्नेछन्‌, प्रचार कार्यमा लागिरहनेछन्‌ र यहोवाका आशिष्‌हरू अनुभव गर्न सक्नेछन्‌।

६ नयाँ प्रकाशकहरूलाई सुरुदेखि नै राम्ररी सिकाउनुहोस्‌: आफूले परमेश्‍वरको साँचो संगठन भेट्टाएको महसुस गरेपछि एक जना नवजिज्ञासु स्त्री तुरुन्तै सेवकाई थाल्न चाहन्थिन्‌। आफूले पूरा गर्नुपर्ने आवश्‍यकताबारे थाह पाएपछि, तिनले यसो भनिन्‌: “लौ, अहिल्यै सुरु गरिहालौं।” तपाईंले बाइबल अध्ययन गरिरहनुभएको व्यक्‍ति क्षेत्र सेवकाईमा भाग लिन योग्य ठहरिएमा तिनलाई ‘सुरु गरिहाल्नु’ पर्नाको महत्त्वबारे बुझ्न मदत दिनुहोस्‌ र यसरी नयाँ प्रकाशकलाई सुरुदेखि नै राम्ररी सिकाउनुहोस्‌। तिनलाई हरेक हप्ता नियमित तवरमा क्षेत्र सेवकाईको लागि तयारी गर्न र भाग लिनको लागि तालिका बनाउन मदत गर्नुहोस्‌।

७ तपाईंको आफ्नै बच्चा बप्तिस्मा अप्राप्त प्रकाशक भएको छ भने, उसको उमेर र क्षमताअनुसार प्रगति गर्नको लागि ऊसँगै काम गर्नुहोस्‌। तपाईंको अलिकता मात्र मदत पाउँदा, उसले राम्रोसँग अरूसँग वार्तालाप गरेको, बाइबल पढेको र साहित्य प्रस्तुत गरेको देखेर तपाईं तीनछक पर्नुहुन्छ होला। उसले क्षेत्र सेवकाईमा राम्ररी कुरा गरेपछि, उसलाई पुनःभेट गर्न र घरधनीको चासो सेलाउन नदिन प्रशिक्षण दिनुहोस्‌।

८ तपाईंको आफ्नो सेवकाई विस्तार गर्नुहोस्‌: के तपाईंको परिस्थिति स्मरणार्थ उत्सवपछि पनि प्रचार कार्यमा अझ बढी भाग लिइरहन मिल्ने किसिमको छ? तपाईंले सेवकाईमा प्रायजसो बिताउनु हुने समयभन्दा हप्तामा एक वा दुई घण्टा बढी बिताउन सक्नुहुन्छ कि? अब कहिले सहायक अग्रगामी गर्न सकिन्छ होला भनेर के तपाईंले क्यालेन्डर हेर्ने गर्नुहुन्छ? वा पूर्ण-समय सेवकाई गर्नको लागि के तपाईं आफ्नो जीवन शैलीमा छाँटकाँट गर्न सक्नुहुन्छ? हामीले सेवकाईमा गरेका सबै प्रयत्नहरूले कुनै व्यक्‍तिलाई सच्चाइ स्वीकार्न मदत गर्नसक्छ! (प्रेरि. ८:२६-३९) आगामी दिनहरूको प्रतीक्षा गर्दै हामी “सधैं एउटाले अर्कोसँग र सबैसँग भलाइ गर्ने चेष्टा” गरौं।—१ थिस्स. ५:१५.

[पृष्ठ ३-मा भएको पेटी]

मदत गरिरहनुहोस्‌:

□✔ स्मरणार्थमा उपस्थित भएकाहरू

□✔ पुनः सक्रिय भएका प्रकाशकहरू

□✔ बप्तिस्मा अप्राप्त नयाँ प्रकाशकहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने