पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अप्रि. ८
“भूकम्पले असंख्य मानिसहरूको ज्यान लिनुका साथै ठूलो विनाश गर्न सक्छ। बाँचेकाहरू पनि प्रायजसो घरबारविहीन हुन्छन् र फेरि घर बनाउन तिनीहरूसँग कुनै स्रोत-साधन हुँदैन। भूकम्पका सिकार भएका मानिसहरू कसरी भूकम्पपछिका असरहरू सामना गर्न सफल भएका छन् भनेर ब्यूँझनुहोस्! पत्रिकाको यस अंकले बताउँछ। भूकम्प कसरी बाइबल भविष्यवाणीको एकदमै महत्त्वपूर्ण भाग हो भनेर पनि यसले बताउँछ।”
प्रहरीधरहरा अप्रि. १५
“संसारको जुनसुकै कुनामा बस्ने मानिस किन नहोस्, राम्रो जागिर पाउने र त्यसलाई नगुमाउने जस्तो सुरक्षाबारे तिनीहरू चिन्तित हुन्छन्। आफूलाई सधैंभरि सुरक्षित बनाउन सक्ने स्थायी सुरक्षाको त्यस्तो कुनै स्रोत छ कि भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [भजन १६:८, ९ पढ्नुहोस्।] साँचो सुरक्षा कहाँ पाउन सकिन्छ भनेर यो प्रहरीधरहरा-ले बताउँछ।”
ब्यूँझनुहोस्! अप्रि. ८
गल्ती गरेपछि हामी सबैले दोषी महसुस गर्छौं। तपाईंको विचारमा के यो हाम्रो लागि लाभदायक हुन सक्छ? [जवाफपछि भजन ३२:३,७ पढ्नुहोस्।] यस्ता दोषी भावनाहरूले कसरी हामीलाई सकारात्मक कदम चाल्न उत्प्रेरित गर्न सक्छ भनी ब्यूँझनुहोस! पत्रिकाको यस अंकले बताउँछ।
प्रहरीधरहरा मे १
“के तपाईंले एकदमै गम्भीर बिरामी परेको वा अशक्तताको कारण पीडा भोगिरहेको कोही व्यक्ति चिन्नुहुन्छ? यस्ता व्यक्तिहरूलाई प्रोत्साहन चाहिन्छ भन्ने कुरामा तपाईं पक्कै पनि सहमत हुनुहुन्छ होला। तर तिनीहरूलाई प्रोत्साहन दिन हामी के भन्न सक्छौं? बाइबलले आशाको सन्देश दिन्छ। [यशैया ३५:५, ६ पढ्नुहोस्।] यो भविष्यवाणी पक्कै पूरा हुनेछ भनी हामी किन ढुक्क हुन सक्छौं भनेर यो प्रहरीधरहरा-ले बताउँछ।