यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन २००८
१. (क) पावलले हिब्रू मसीहीहरूलाई दिएको सल्लाहको आज किन विशेष महत्त्व छ? (हिब्रू १०:२४, २५ पढ्नुहोस्।) (ख) पावलको सल्लाहलाई लागू गर्ने कस्तो अवसर आउँदैछ?
१ दिन नजिक आएको हिब्रू मसीहीहरूले देखेकोले प्रेरित पावलले तिनीहरूलाई एक ठाउँमा भेला हुनू र “झन् बढता गरेर” एकअर्कालाई प्रोत्साहन दिनू भने। (हिब्रू १०:२४, २५) पावलले चर्चा गरेको “दिन” अहिले झनै नजिक आइसक्यो भन्ने प्रमाण छर्लङ्ग भएको छ। तसर्थ, यस डरलाग्दो “आखिरी दिनमा” हामीलाई सही बाटोमा डोऱ्याउने आध्यात्मिक शिक्षा प्राप्त गर्न हामी भाइबहिनीसँग भेला हुने उत्कट प्रतीक्षा गर्छौं। (२ तिमो. ३:१) सन् २००८ मा हुने जिल्ला अधिवेशनमा हामी यस्तो अवसर पाउनेछौं।
२. (क) अधिवेशनमा तीनै दिन उपस्थित हुनु किन अत्यावश्यक छ? (ख) उपस्थित हुन कसरी अहिल्यैदेखि सुर कस्न सक्छौं?
२ तीनै दिन उपस्थित हुनुहोस्: हामी तपाईंहरूलाई तीनै दिन उपस्थित हुन प्रोत्साहन दिन्छौं। यसरी “एक ठाउँमा भेला” भयौं भने अत्यावश्यक आध्यात्मिक आहार खाने मौका गुमाउने छैनौं। (हिब्रू १०:२५) उपस्थित हुन सुर कसिहाल्नुहोस्। सायद काम गर्ने ठाउँमा छिट्टै खबर गर्नुपर्ला कि? त्यसो गर्नुभयो भने तपाईंको हाकिमले आवश्यक प्रबन्ध मिलाउन सक्नेछन्। अधिवेशनको बेला छोराछोरीको स्कूल लाग्छ भने आफ्नो योजनाबारे छोराछोरीका शिक्षकहरूलाई जानकारी दिइहाल्नुहोस्। अधिवेशन तपाईंको उपासनाको एउटा अभिन्न भाग हो भनेर उनीहरूलाई थाह दिनुहोस्। राज्यलाई पहिलो स्थानमा राख्न तपाईंले गर्ने प्रयत्नमा यहोवाले आशिष् वर्षाउनुहुनेछ भनेर ढुक्क हुनुहोस्।—मत्ती ६:३३.
३. हामी कसरी अरूको विचार राख्न सक्छौं?
३ उपस्थित हुन अरूलाई मदत गर्नुहोस्: पावलले आफ्ना भाइहरूलाई ‘एकअर्काको विचार राख्नसमेत’ आग्रह गरे। (हिब्रू १०:२४) तपाईंको मण्डली पुस्तक अध्ययन समूहका भाइबहिनीलाई अधिवेशनमा उपस्थित हुन कुनै मदत चाहिन्छ कि? आफ्ना बाइबल विद्यार्थीहरूलाई एक दिन मात्रै भए पनि अधिवेशनमा उपस्थित हुन मदत गर्न सक्नुहुन्छ कि? विश्वासमा नभएका तपाईंको पति/पत्नी, छोराछोरी आदिलाई अधिवेशनबारे बताउँदा उनीहरूलाई पनि आफूसँगै जाने प्रस्ताव राख्नुहोस्। तपाईंको लगनशील प्रयत्नले सोच्दै नसोचेको परिणाम ल्याउन सक्छ।
४. जिल्ला अधिवेशनको मिति र स्थानबारे हामी कसरी जानकारी पाउन सक्छौं?
४ सोधपुछ गर्ने: अधिवेशन कहाँ र कहिले हुन्छ भनी बुझ्न धेरैले शाखा कार्यालयहरूमा पटक-पटक फोन गर्छन्। यसरी फोन गर्नेहरूमध्ये प्रायजसो त यो जानकारी पाइसकेका भाइबहिनी नै हुन्छन्। शाखा कार्यालयलाई फोन गर्नुअघि हाम्रो राज्य सेवकाई-मा दिइएको सूची हेर्न हामी तपाईंहरूलाई आग्रह गर्छौं।
५. आफ्नो मण्डलीलाई खटाइएको भन्दा अर्कै अधिवेशन जाँदैछौं भने आवाससम्बन्धी जानकारी पाउन के गर्नुपर्छ?
५ यदि तपाईं आफ्नो मण्डलीलाई खटाइएको भन्दा अर्कै अधिवेशनमा जाँदै हुनुहुन्छ भने, आवाससम्बन्धी जानकारी पाउन पछि हाम्रो राज्य सेवकाई-मा प्रकाशित हुने अधिवेशन हुने ठाउँका ठेगानामा पत्र पठाउनुहोस्। जवाफ पाउन, आफ्नो ठेगानासहित टिकट टाँसिएको रित्तो खाम पत्रसँगै पठाउन नबिर्सनुहोस्।
६. स्पेशल निड्स रूम रिक्वेस्ट फारामसम्बन्धी ध्यान दिनुपर्ने केही कुरा के हुन्?
६ विशेष आवश्यकता: यदि कुनै प्रकाशकले बस्ने ठाउँको प्रबन्ध मिलाउन मदत माग्छन् भने ती प्रकाशक स्पेशल निड्स रूम रिक्वेस्ट फाराम भर्न योग्य छन् कि छैनन् भनेर मण्डलीको सेवा समितिले पक्का गर्नुपर्छ। मण्डलीका सचिवले अधिवेशनको आवास विभागलाई यो फाराम पठाउनुअघि, फाराममा भएको निर्देशन र फेब्रुअरी १४, २००८ को मितिमा प्राचीनहरूका सम्पूर्ण निकायहरूलाई पठाइएको पत्र हेर्नुपर्छ।
७. आवाससम्बन्धी मिलाइएको प्रबन्धलाई हामी कसरी सहयोग गर्न सक्छौं? (“आवाससम्बन्धी निर्देशन” पेटी हेर्नुहोस्।)
७ कोठा बुकिङ: अधिवेशन समितिले सिफारिस गरेका होटलहरूको सूची मण्डलीको सूचनापाटीमा अधिवेशन हुनुभन्दा धेरैअघि नै टाँसिनेछ। होटल बुकिङ गर्नुभन्दा अगाडि “आवाससम्बन्धी निर्देशन” र “होटल बुकिङ गर्ने तरिका” भन्ने पेटीमा दिइएका निर्देशनहरू पछ्याउनुहोस्। सूचीमा दिइएको होटलको महङ्गो दर स्वीकारिहाल्नु वा सूचीमा नभएको होटल खोज्नुको सट्टा मण्डलीले संशोधित सूची नपाउन्जेल कृपया धैर्य गर्नुहोस्।
८. (क) अधिवेशनमा उपस्थित हुँदा हामी कसरी यहोवाको महिमा गर्न सक्छौं? (ख) हाम्रा भाइहरूको असल आचरण देखेर यहोवाका जनहरूबारे कस्ता राम्रा टिप्पणी गरिएका छन्?
८ असल कामहरू: एक ठाउँमा सँगै भेला हुन यहोवाले दिएको आज्ञा मान्दा ‘हाम्रै फाइदा’ हुन्छ। त्योभन्दा महत्त्वपूर्ण त, यसबाट यहोवाको नाउँलाई महिमित पार्ने मौकासमेत मिल्छ। (यशै. ४८:१७) जिल्ला अधिवेशनहरूमा धेरैले हाम्रा “असल कामहरू प्रत्यक्ष” देखेका छन् र कति त आफ्ना भावना पोखाउनसमेत उत्प्रेरित भएका छन्। (१ तिमो. ५:२५) धेरै वर्षदेखि हाम्रो अधिवेशन हुँदै आएको सहरका एक रंगशाला संचालकले यसो भने: “अधिवेशनमा आएका प्रतिनिधिहरू शान्त र भद्र थिए। अनि उनीहरूले रंगशाला र यसको हातालाई सफा राखे।” अधिवेशनमा उपस्थित हाम्रा भाइहबहिनीहरूको असल आचरण देखेर अर्को सहरका रंगशाला संचालकले हलको भाडामा २५ प्रतिशत छुट दिए। एक होटल मालिकले तिनको होटलमा बस्ने अन्य समूहका मानिससँग व्यवहार गर्न गाह्रो भएको तर हाम्रा भाइहरू भने सहयोगी र धीरजी छन् भनेर टिप्पणी गरे। उनले भने: “हाम्रा सबै पाहुना यहोवाका साक्षीहरूजस्तै भइदिए कत्ति बेस हुन्थ्यो!” हाम्रा भाइहरूले देखाएको असल आचरणको कारण प्राप्त यी तथा अन्य यस्तै टिप्पणीहरूले निश्चय नै हाम्रा परमेश्वर यहोवाको हृदयलाई गद्गद् बनाउँछ!
९. कार्यक्रमको हरेक भागलाई ध्यान दिएर सुन्नुको महत्त्वलाई मत्ती ४:४ ले कसरी स्पष्ट पार्छ?
९ “परमेश्वरका मुखबाट निस्केको हरेक वचन” सुन्नुमा नै हाम्रो जीवन निर्भर छ भनेर येशूले बताउनुभयो। (मत्ती ४:४) यहोवाले हाम्रा वार्षिक अधिवेशनहरूमा “विश्वासी र बुद्धिमान दास”-द्वारा तयार पारिएको आध्यात्मिक खाना “ठीक ठीक समयमा” दिनुहुन्छ। (मत्ती २४:४५) यो आध्यात्मिक भतेर तयार पार्न र पस्कनका लागि धेरै मेहनत गरिएको छ। त्यसैले हरेक दिन उपस्थित भएर अनि पूरै कार्यक्रमलाई ध्यानसित सुनेर यहोवाको यस मायालु प्रबन्धप्रति आफ्नो कृतज्ञता देखाऔं।
[पृष्ठ ३-मा भएको पेटी]
कार्यक्रमको समय:
पहिलो र दोस्रो दिन
बिहान ९:२० देखि साँझ ४:५५ सम्म
तेस्रो दिन
बिहान ९:२० देखि साँझ ४:०० सम्म
[पृष्ठ ४-मा भएको पेटी]
आवाससम्बन्धी निर्देशन:
◼ अप्रिल ७, २००८ को हप्तामा हुने सेवा सभाभन्दा पहिले होटल बुकिङ गर्न फोन नगर्नुहोस्।
◼ सकेसम्म होटल बुकिङ अप्रिल महिनामै गर्नुहोस्। इन्टरनेटद्वारा होटल बुक नगर्नुहोस्, किनकि हामी यसरी बुकिङ गर्दैनौं।
◼ अधिवेशन समितिले सिफारिस गरेको होटलमा मात्र बस्नुहोस्।
◼ अधिवेशन समितिले सूचीमा जानकारी दिएको भन्दा बढ्ता पैसा कबूल नगर्नुहोस्।
◼ जो बस्ने हो, उसैको नाउँमा कोठा बुकिङ गर्नुहोस्।
◼ होटलको कोठामा, सूचीमा दिएभन्दा बढ्ता मान्छे बसेर नियमको अवज्ञा नगर्नुहोस्।
◼ बुकिङ गरेकै होटलमा बस्नुहोस्।—मत्ती ५:३७.
◼ सूचीमा नभएका होटललाई फोन गरेर अधिवेशनको लागि भिन्नै रेट छ कि छैन भनेर नसोध्नुहोस्।
◼ सूचीमा भएका सबै होटललाई फोन गर्दा पनि कोठा मिलेन अथवा कुनै होटलमा केही समस्या पऱ्यो भने मण्डलीको सचिवलाई खबर गर्नुहोस्। मण्डलीका सचिवले अधिवेशनको आवास विभागसँग सम्पर्क गर्न परेमा सूचीको सबैभन्दा माथि दिइएको ठेगाना हेर्न सक्छन्।
◼ बुकिङ रद्द गर्नैपर्ने भएमा जति सक्दो चाँडो गर्नुहोस्। रद्द गर्दा रसिद लिन नबिर्सनुहोस्।
होटल बुकिङ गर्ने तरिका:
१. सूचीमा दिइएको नम्बर हेरेर होटललाई कार्यालय समयमा फोन गर्नुहोस्।
२. यहोवाको साक्षीहरूको अधिवेशनमा आफू उपस्थित हुने जानकारी होटललाई दिनुहोस्।
३. होटलमा कहिलेदेखि बस्ने र कहिले होटल छोड्ने मिति र समय स्पष्ट बताउनुहोस्।
४. फोन गरेको होटलमा कोठा खाली छैन भने सूचीकै अर्को होटललाई फोन गर्नुहोस्।
५. बुकिङ गरेपछि बुकिङ भयो/भएन पक्का गर्न नबिर्सनुहोस्।
६. दस दिन भित्र क्रेडिट कार्ड, चेक अथवा मनी अर्डरबाट धरौटी रकम भुक्तानी गर्नुहोस्। नगद नपठाउनुहोस्। धरौटी रकम चेकबाट पठाउने हो भने पछाडिपट्टि वा मनी अर्डरबाट पठाउने हो भने यसको पुछारमा बुकिङबारे थप जानकारी लेख्न नबिर्सनुहोस्।