प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई p. ४
  • बढिया काममा नमुना बन्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बढिया काममा नमुना बन्‍नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • “भलाइ गर्ने चेष्टा गर”
    हाम्रो राज्य सेवकाई—२००२
  • “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌”
    हाम्रो राज्य सेवा—२०१४
  • आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • यहोवाको बाटो हेर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई p. ४

बढिया काममा नमुना बन्‍नुहोस्‌

१. जिल्ला अधिवेशनमा आफ्नो आचरणबारे हामी किन विशेष गरी सचेत हुनुपर्छ?

१ जिल्ला अधिवेशनहरूमा धेरै संख्यामा भेला हुँदा, विशेष गरी अरू मानिसहरूले हाम्रो आनीबानी तथा अरूसितको हाम्रो व्यवहारलाई याद गरिरहेका हुन्छन्‌। त्यसैकारण, हामी प्रत्येकले बाइबलको यस सल्लाहलाई विशेष ध्यान दिनु जरुरी छ: “सबै कुरामा तिमीले आफूलाई बढिया कामको नमूना [देखाओ]।” (ती. २:६, ७) ‘आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान दिन’ थप प्रयत्न गर्नुपर्ने हुन सक्छ। (फिलि. २:४) आउनुहोस्‌, “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने आगामी जिल्ला अधिवेशनमा यो प्रोत्साहन लागू गर्न सकिने केही क्षेत्रहरूबारे छलफल गरौं।

२. आवासको प्रबन्धको सन्दर्भमा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

२ आवासको प्रबन्ध: हाम्रो लागि बढिया काम गरेर देखाउने सर्वोत्तम मौका आवासको प्रबन्ध मिलाउँदा हो। कृपया आफूले प्रयोग गर्ने विचार गर्नुभएको कोठा मात्र रिजर्भ गर्नुहोस्‌। आवश्‍यक रकम पहिल्यै पठाउन नभूल्नुहोस्‌। चेक-इन र चेकआउटको बेलामा व्यस्त हुँदा, हामीले परमेश्‍वरको आत्माको फल प्रदर्शन गऱ्‍यौं भने बेस हुन्छ।—गला. ५:२२, २३.

३. अधिवेशन स्थलमा हामी कसरी यहोवाको प्रशंसा बढाउन सक्छौं?

३ अधिवेशन स्थलमा: अधिवेशनहरूका लागि प्रयोग गरिने भाडाका भवनहरू सार्वजनिक रूपमा दुरुपयोग भएको, तोडफोड गरिको, फोहोर हुनुका साथै अन्य कतिपय कुराहरू पनि बिग्रिएर रहेको वर्षौं भइसकेका हुन्छन्‌। शौचालय तथा अन्य सुविधाहरू हाम्रा पवित्र परमेश्‍वरलाई पट्‌क्कै नसुहाउने किसिमका हुन्छन्‌। यसलाई राम्रो बनाउन तपाईं के गर्न सक्नुहन्छ? शौचालय सफा गर्न, सभाभवन बढार्न, सिटहरू पुछपाछ गर्न र अन्य आवश्‍यक काम गर्न तपाईं सघाउन सक्नुहुन्छ। अधिवेशन भवनको हरेक कुनाकाप्चाले हाम्रा स्वच्छ परमेश्‍वरको व्यक्‍तित्व झल्काउँछ कि झल्काउँदैन पक्का गर्नुहोस्‌। यसले पार्ने राम्रो प्रभावले यहोवाको “प्रशंसा, सम्मान र कीर्ति” बढाउनेछ।—व्यव. २६:१९.

४, ५. कसरी छोराछोरीले यहोवाको प्रशंसा गर्न सक्छन्‌ र आमाबाबुको कस्तो जिम्मेवारी छ?

४ आमाबाबु तथा छोराछोरी: अशिष्ट व्यवहार गर्ने थुप्रै युवाहरू भएको संसारमा हाम्रा छोराछोरीहरू अरूभन्दा भिन्‍न छन्‌ भन्‍ने कुरा छर्लंग देखिन्छ अनि यसले यहोवा र उहाँको संगठनको प्रशंसा हुन्छ। तथापि, कहिलेकाहीं छोराछोरीलाई राम्रोसित रेखदेख नगरिएको कारण समस्या खडा भएका छन्‌। (हितो. २९:१५) पौडी खेल्ने ठाउँमा वा अधिवेशन स्थललगायत होटलमा आमाबाबुहरूले आफ्ना छोराछोरीलाई उनीहरूकै भरमा मात्र छोड्‌नु हुँदैन।

५ छोराछोरीले कस्तो किसिमको आचरण देखाएको आशा गरिन्छ भन्‍ने सन्दर्भमा अधिवेशनअघि उनीहरूसित बसेर छलफल गर्नु कोही-कोही आमाबाबुहरूले लाभदायी पाएका छन्‌। (एफि. ६:४) उनीहरूले छोराछोरीलाई साँचो मसीही प्रेम “बेकायदासाथ चल्दैन” वा “आफ्नै भलाइ खोज्दैन” भन्‍ने कुरा बुझ्न मदत गर्छन्‌। (१ कोरि. १३:५) जिल्ला अधिवेशन भनेको यहोवाबाट सिकाइनको निम्ति छुट्याइएको समय हो र अधिवेशन स्थललगायत अन्य ठाउँहरूमा आफ्नो आचरणद्वारा छोराछोरी तथा जवानहरूले यस प्रबन्धप्रति आदर देखाउन सक्छन्‌।—यशै. ५४:१३.

६. हाम्रो असल आचरणले अरूलाई कस्तो प्रभाव पार्न सक्छ?

६ हाम्रो असल आचरणले गलत धारणाहरू हटाउन निकै योगदान पुऱ्‍याउनुका साथै मानिसहरूलाई साँचो उपासनातर्फ आकर्षित गर्न सक्छ। (मत्ती ५:१६; १ पत्रु. २:१२) जिल्ला अधिवेशनमा भेटिने सबै जनाले हाम्रो काम र उनीहरूसितको हाम्रो व्यवहारबाट राम्रो साक्षी पाउन सकून्‌। यसरी हामी ‘आफूलाई बढिया कामको नमुना देखाउनेछौं’ र यहोवाको महिमा गर्नेछौं।—ती. २:७.

[पृष्ठ ४-मा भएको पेटी]

अरूको ख्याल गर्नुहोस्‌

▪ आफूले प्रयोग गर्ने विचार गर्नुभएको कोठा मात्र रिजर्भ गर्नुहोस्‌

▪ चेक-इन र चेकआउटको बेलामा धीरजी हुनुहोस्‌

▪ अधिवेशन स्थल सफासुग्घर राख्न सहयोग गर्नुहोस्‌

▪ आफ्ना छोराछोरीको राम्रो रेखदेख गर्नुहोस्‌

▪ उपयुक्‍त टिप छोडिराख्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने