प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 सेप्टेम्बर p. ५
  • आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • ‘ध्यान दिएर सुन्‍नुहोस्‌ र आफ्नो विद्या बढाउनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००१
  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 सेप्टेम्बर p. ५

आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

१ “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” विषयक आगामी जिल्ला अधिवेशनले हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने ठूलो सुअवसर प्रदान गर्छ। स्वास्थ्यकर भोजनले जस्तै यस कार्यक्रमले पनि “विश्‍वासका वचनहरू[द्वारा]” हामीलाई आध्यात्मिक तवरमा पक्कै पोषण प्रदान गर्नेछ। (१ तिमो. ४:६) यसले हामीलाई यहोवाको नजिक हुन मदत गर्नेछ। अनि हाम्रो जीवनमा आइपर्ने परीक्षाहरूको सामना गर्न चाहिने सुझाव तथा प्रोत्साहन प्राप्त गर्ने आशा गर्न सक्छौं। यहोवा हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भज. ३२:८) हाम्रो जीवनमा उहाँको मायालु डोऱ्‍याइ पाएकोमा हामी कत्ति आनन्दित छौं! अधिवेशन कार्यक्रमबाट प्रचुर लाभ उठाउन हामीले चाल्न सक्ने केही सकारात्मक कदमहरू विचार गर्नुहोस्‌।

२ हामीले आफ्नो हृदय तयार र्नुपर्छ: आ-आफ्नो लाक्षणिक हृदयलाई सुरक्षित राख्ने जिम्मेवारी हामी प्रत्येकको हो। (हितो. ४:२३) यसको लागि हामीले आत्म-अनुशासन खेती गर्नुका साथै आफैसँग इमानदार हुनुपर्छ। अधिवेशन भनेको यहोवासितको हाम्रो सम्बन्ध कस्तो छ भनी मनन गर्ने समय अर्थात्‌ ‘स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्ने’ समय हो। ‘रोपी राखेको वचनलाई धारण गर्न’ आफ्नो हृदयलाई तयार पार्नको लागि हामीले यहोवालाई मलाई जाँच्नुहोस्‌ भनी बिन्ती गर्नुका साथै हामीमा त्यस्तो केही सुधार गर्नुपर्ने ‘दुराचरण’ रहेछ भने, त्यो औंल्याइदिन र “अनन्तको चालमा” डोऱ्‍याउनुहोस्‌ भनी आग्रह गर्नुपर्छ।—याकू. १:२१, २५; भज. १३९:२३, २४.

३ सुन्‍नुहोस्‌ र मनन गर्नुहोस्‌: मरियमले ध्यान दिएर सुनेकोमा येशूले यसो भन्‍नुहुँदै तिनको प्रशंसा गर्नुभयो: “असल भाग मरियमले छानेकी छ, जो त्यसबाट खोसिनेछैन।” (लूका १०:३९, ४२) हाम्रो पनि त्यस्तै मानसिक झुकाउ छ भने, हामी सानोतिनो कुराले आफूलाई बाधा पुऱ्‍याउन दिनेछैनौं। हामी सम्पूर्ण कार्यक्रममा सहभागी भएका र ध्यान दिएर सुनेका छौं कि छैनौं, त्यसबारे सजग हुनुपर्छ। हामी गफ गर्ने वा अनावश्‍यक रूपमा यताउता हिंड्‌ने छैनौं। हामी सेलुलर फोन, पेजर, क्यामरा तथा क्यामकर्डरले अरूको ध्यान भंग गर्नदेखि पनि होसियार हुनेछौं।

४ भाषणको विषयवस्तु कसरी प्रस्तुत भइरहेको छ भनेर विश्‍लेषण गर्नको लागि छोटो-छोटो टिपोट लिनु बेस हुन्छ। आफूलाई पहिल्यै थाह भएको कुरासित यी जानकारीहरू कसरी सम्बन्धित छन्‌ भनेर विचार गर्नुपर्छ। यसले हामीलाई विषयवस्तु बुझ्न र सम्झिराख्न मदत गर्नेछ। आफूले लिएका टिपोटहरूलाई जीवनमा लागू गर्ने हेतुले पुनरावलोकन गर्नुपर्छ। हामी प्रत्येकले यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘यसले यहोवासितको मेरो सम्बन्धलाई कस्तो असर गर्छ? मैले आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गर्नु आवश्‍यक छ? अरूसित व्यवहार गर्दा म यो जानकारी कसरी लागू गर्न सक्छु? यसलाई म कसरी सेवकाईमा प्रयोग गर्न सक्छु?’ आफूलाई मन परेका बुँदाहरूबारे अरूसित छलफल गर्नुहोस्‌। यी कुराहरू गरेको खण्डमा यसले हामीलाई यहोवाको वचन ‘हृदयमा लिइराख्न’ मदत गर्नेछ।—हितो. ४:२०, २१.

५ सिकेका कुराहरू लागू गरौं: जिल्ला अधिवेशनमा उपस्थित भइसकेपछि एक जना प्रतिनिधिले यसो भने: “यो कार्यक्रम व्यक्‍तिविशेषलाई असर गर्ने किसिमको थियो। यसले आफ्नो तथा परिवारका सदस्यहरूको हृदयको अवस्था जाँच्न उत्प्रेरित गर्नुका साथै आवश्‍यक मायालु धर्मशास्त्रीय मदत पनि प्रदान गऱ्‍यो। मण्डलीलाई अझ बढी सहयोग गर्नुपर्ने मेरो कर्तव्यप्रति यसले मलाई अझ सजग गराएको छ।” हामीमध्ये धेरैले यस्तै महसुस गरेका छौं होला। तर अधिवेशन सकिएपछि प्रोत्साहित र स्फूर्ति प्राप्त गरेको महसुस गर्नु मात्र हाम्रोलागि पर्याप्त छैन। येशूले यसो भन्‍नुभयो: “यदि तिमीहरूले यी कुरा जानेर गऱ्‍यौ भने, तिमीहरू धन्य हौ।” (यूह. १३:१७) हामीलाई व्यक्‍तिगत तवरमा लागू हुने बुँदाहरू हामीले लगनशील भई व्यवहारमा उतार्नुपर्छ। (फिलि. ४:९) आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने यो एउटा अपरिहार्य कुरा हो।

[पृष्ठ ५-मा भएको पेटी]

आफूले सुनेका कुराहरू मनन गर्नुहोस्‌:

■ यसले यहोवासितको मेरो सम्बन्धलाई कस्तो असर गर्छ?

■ अरूसितको मेरो व्यवहारमा यसले कस्तो असर गर्छ?

■ यसलाई म कसरी आफ्नो जीवन तथा सेवकाईमा लागू गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने