प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अप्रिल पृ. १
  • ‘ज्योतिहरूझैं चम्किने’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘ज्योतिहरूझैं चम्किने’
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • ज्योतिझैं चम्किने स्कूले केटाकेटीहरू
    हाम्रो राज्य सेवकाई—२००६
  • हाम्रो ज्योति लगातार चम्काइरहने
    हाम्रो राज्य सेवकाई—१९९५
  • “तिमीहरूको ज्योति . . . चम्कोस्‌”
    हाम्रो राज्य सेवकाई—२००१
  • यहोवाको महिमा हुने सुकर्महरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अप्रिल पृ. १

‘ज्योतिहरूझैं चम्किने’

१ वर्तमान रीतिरिवाजमा आध्यात्मिक तथा नैतिक अन्धकार छाएको बेला साँचो परमेश्‍वर यहोवाका लगभग ६० लाख उपासकहरू विश्‍वभर २३४ मुलुकहरूमा “ज्योतिहरूझैं देखा” परिरहेका छन्‌। (फिलि. २:१५) यसले हामीलाई भिन्‍न बनाउँछ। यहोवाबाट आउने मूल्यवान्‌ सत्यको ज्योति हामी कसरी झल्काउँछौं?—२ कोरि. ३:१८.

२ हाम्रो काम: मानिसहरूलाई हाम्रो आचरण थाह पाउन धेरै बेर लाग्दैन। (१ पत्रु. २:१२) एउटी महिलाले एक जना साक्षी सहकर्मी दयालु तथा मदतगार हुनुका साथै तिनले फोहोर बोली नबोलेको वा अश्‍लील ठट्टा नगरेको याद गरिन्‌। अरूले ती साक्षीलाई अपशब्द बोलेर रिस उठाउन खोज्दा तिनी शान्त तर सही कुराप्रति दृढ रहे। यसले ती महिलालाई कस्तो प्रभाव पाऱ्‍यो? तिनी सम्झिन्छिन्‌: “म तिनको आचरणदेखि औधी प्रभावित भएको कारण मैले बाइबलसम्बन्धी प्रश्‍नहरू सोध्न थालें। मैले परमेश्‍वरको वचन अध्ययन गर्न थाल्नुका साथै पछि बप्तिस्मा लिएँ।” तिनी अझै यसो भन्छिन्‌: “तिनकै आचरणले गर्दा मैले यहोवाका साक्षीहरूको विश्‍वास जाँच्ने निधो गरें।”

३ अख्तियारप्रतिको हाम्रो मनोवृत्ति, सांसारिक प्रचलनहरूप्रतिको हाम्रो दृष्टिकोण र हाम्रो स्वास्थ्यकर बोलीचालीले यहोवाका साक्षीहरूलाई बाइबलका उच्च स्तरहरूअनुरूप जिउने मानिसहरूको रूपमा अलग गराउँछ। यस्ता असल कामहरूले यहोवाको महिमा गर्नुका साथै अरूलाई उहाँको उपासनातर्फ आकर्षित गर्न सक्छ।

४ हाम्रो बोली: निस्सन्देह, हाम्रो असल आचरण देख्ने मानिसहरूलाई हामीले आफ्नो विश्‍वासबारे नबताएसम्म हामी फरक हुनुको कारण के हो भनेर उनीहरूले थाह पाउनेछैनन्‌। के तपाईंका सहकर्मी वा सहपाठीलाई तपाईं एक जना यहोवाको साक्षी हुनुहुन्छ भन्‍ने कुरा थाह छ? के तपाईं सामान्य कुराकानीलाई मोडेर साक्षी दिने मौका खोज्नुहुन्छ? के तपाईं हर उपयुक्‍त समयमा ‘आफ्नो ज्योति मानिसहरूका सामु चम्काउन’ कटिबद्ध हुनुहुन्छ?—मत्ती ५:१४-१६.

५ ज्योतिवाहकको हैसियतमा आफ्नो काम पूरा गर्न हामीलाई आत्मत्यागी मनोभाव चाहिन्छ। पूरा तनमनले सेवा गर्ने मनोभाव छ भने, त्यसले हामीलाई प्रचार गर्ने तथा चेला बनाउने जीवनदायी काम यथासम्भव गर्नको लागि कम महत्त्वपूर्ण कुराहरूलाई पन्छाउन उत्प्रेरित गर्नेछ।—२ कोरि. १२:१५.

६ हाम्रो काम तथा बोलीद्वारा हामी ज्योतिवाहकहरूको रूपमा चम्किरहन सकौं। यसो गऱ्‍यौं भने, यहोवालाई महिमा दिने काममा हामीलाई साथ दिन अरू पनि उत्प्रेरित हुन सक्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने