ज्योतिझैं चम्किने स्कूले केटाकेटीहरू
१. मसीहीहरू भिन्दै देखिने थिए भनेर बाइबलले कसरी बताउँछ र यो कुरा मसीही केटाकेटीहरूमाथि कसरी पूरा भइरहेको छ?
१ येशूले चेलाहरूलाई भन्नुभयो: “तिमीहरू जगत्का ज्योति हौ।” (मत्ती ५:१४, १६) डाँडामाथि बसालिएको सहर घामको किरणले चमचम चम्किएझैं चम्किएर येशूका चेलाहरू पनि अरूभन्दा भिन्दै देखिने थिए। अहिले थुप्रै मसीही केटाकेटी तथा युवायुवतीहरू कसरी “ज्योतिहरूझैं” चम्किरहेका छन्? असल आचरण देखाएर अनि प्रचारमा जोसिलो भएर।—फिलि. २:१५; मला. ३:१८.
२. शिक्षकशिक्षिका तथा सहपाठीहरूलाई साक्षी दिन सकिने तरिकाहरू के के हुन्?
२ स्कूलमा: तपाईं आफ्नो स्कूलमा कसरी प्रचार गर्नुहुन्छ? कतिपय युवायुवतीहरू लागूपदार्थ, विकासवाद र प्राकृतिक प्रकोप जस्ता विषयबारे कक्षामा छलफल हुँदा प्रचार गर्ने मौका छोपिहाल्छन्। एउटी बहिनीले आतंकवादबारे निबन्ध लेख्नुपर्दा यसको एकमात्र साँचो समाधान परमेश्वरको राज्य हो भनेर लेखिन्। बहिनीले त्यो निबन्ध यत्ति राम्ररी लेखेकी थिइन्, शिक्षिका त मख्खै परिन्। त्यसपछि अझ राम्ररी साक्षी दिने बाटो खुल्यो।
३. स्कूलमा असल आचरण देखाएर तपाईं कसरी आफ्नो ज्योति चम्काउन सक्नुहुन्छ?
३ ज्योतिझैं चम्किने अर्को तरिका के हो? आचरण स्वच्छ राख्नु र पहिरन तथा कोरीबाटी भद्र हुनु हो। (१ कोरि. ४:९; १ तिमो. २:९) कतिपय शिक्षक तथा सहपाठीहरू तपाईंको राम्रो बानीबेहोरा देखेर सच्चाइप्रति आकर्षित हुन सक्छन् र उनीहरूलाई प्रचार गर्ने बाटो खुल्न सक्छ। (१ पत्रु. २:१२; ३:१, २) हुन त, परमेश्वरलाई मन पर्ने आचरण देखाउन सधैं सजिलो हुँदैन। तर कोसिस गर्नुभयो भने यहोवाले प्रशस्त आशिष् दिनुहुनेछ। (१ पत्रु. ३:१६, १७; ४:१४) हाम्रो सुसमाचारप्रति अरूको चासो जगाउने एउटा उपाय, ब्रेकमा बाइबल प्रकाशनहरू पढ्नु वा ती प्रकाशन अरूले देख्ने ठाउँमा राख्नु पनि हुन सक्छ।
४. स्कूलमा साक्षी दिंदा हुने केही फाइदाहरू के के हुन्?
४ स्कूलमा आफ्नो ज्योति चम्काउँदा तपाईंको विश्वास बलियो हुन्छ र यहोवाको सेवा गर्नु पाएकोमा तपाईंलाई गर्व लाग्नेछ। (यर्मि. ९:२४) त्यति मात्र होइन, ज्योति चम्काउँदा आफ्नै सुरक्षा पनि हुन्छ। एउटी बहिनीले यसो भनिन्: “आफ्नो विश्वासबारे बताएकोले सहपाठीहरू मलाई बाइबल सिद्धान्त विपरित काम गर्ने दबाब दिन आँट गर्दैनन्।”
५. (क) केही युवाहरू कसरी आफ्नो सेवकाई विस्तार गर्दैछन्? (ख) तपाईंले कस्तो आध्यात्मिक लक्ष्य राख्नुभएको छ?
५ सेवा गर्ने प्रशस्त अवसर: केटाकेटी तथा युवायुवतीहरू ज्योतिझैं चम्किने अझ अर्को तरिका पनि छ। त्यो हो, यहोवाको सेवा गर्ने विभिन्न अवसरहरूको अनुभव गरेर। स्कूले शिक्षा सकेपछि एक जना भाइ प्रचारकहरूको बढी आवश्यकता भएको ठाउँमा गए। एक जना मात्र प्राचीन भएको त्यो सानो मण्डली थियो। उनले साथीलाई यसरी चिट्ठी लेखे, “यहाँ त साह्रै मज्जा लागिरहेको छ। प्रचार गर्नु क्या रमाइलो! मानिसहरू खुलेर कुरा गर्छन्। हामी त एउटै घरमा झन्डै २०/२० मिनेट कुराकानी गर्छौं।” उनी अझै लेख्छन्: “सबै युवाहरूले मैले जस्तै सेवा गरेर म जस्तै आनन्दित भए कत्ति असल हुन्थ्यो! तनमनले यहोवाको सेवा गर्नु भन्दा असल काम त अरू छँदैछैन।”
६. मण्डलीका केटाकेटी तथा युवायुवतीहरूको कुन कुरामा तपाईं गर्व गर्नुहुन्छ?
६ तपाईं केटाकेटी तथा युवायुवतीहरू ज्योतिझैं चम्किरहनुभएकोमा हामी कत्ति गर्व महसुस गर्छौं! (१ थिस्स. २:२०) यहोवालाई आफ्नो सारा मन, प्राण र शक्तिले सेवा गर्नुहुँदा “सय गुणा . . . अहिले यही समयमा . . . र आउँदो जगत्मा अनन्त जीवन” पाउनुहुनेछ।—मर्कू. १०:२९, ३०; १२:३०.