पत्रिकाहरूबारे के भन्ने?
ब्यूँझनुहोस्! जून ८
हामीमध्ये प्रायजसोले मधुमेह भएको कोही न कोहीलाई चिन्छौं। तपाईंलाई यस रोगबारे कत्तिको थाह छ? [पत्रिकाको आवरण पृष्ठ देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले मधुमेह हुनुका कारणहरू तथा यसको उपचारबारे बताउँछ। यसले सबै किसिमका रोगहरूको स्थायी उपचारबारे बाइबलको प्रतिज्ञाबारे पनि छलफल गर्छ।” यशैया ३३:२४ पढेर कुराकानी टुंग्याउनुहोस्।
प्रहरीधरहरा जून १५
“येशू इतिहासकै सबैभन्दा महान् पुरुष हुनुहुन्थ्यो भनी कोही-कोही सोच्ने गर्छन्। अन्य कतिपयचाहिं उहाँको अस्तित्वमाथि नै शंका गर्छन्। के तपाईंलाई उहाँबारे जस्तोसुकै विश्वास गरे तापनि फरक पर्छ जस्तो लाग्छ? [जवाफ पाइसकेपछि प्रेरित ४:१२ पढ्नुहोस्।] यस पृथ्वीमा येशू साँच्चै हुनुहुन्थ्यो भन्ने के प्रमाण छ? यस पत्रिकाले यस प्रश्नको जाँच गर्छ।”
ब्यूँझनुहोस्! जून ८
“म तपाईंलाई बाइबलबाट हृदयस्पर्शी कुरा देखाउन चाहन्छु। [१ कोरिन्थी १:१० पढ्नुहोस्।] के साँचो एकता भनेको विचार र कामको एकरूपता मात्रै हो? [जवाफ दिने मौका दिनुहोस्।] यो लेख हेर्नुहोस् न, ‘के मसीही एकतामा एकरूपता हुनै पर्छ?’ यस प्रश्नको जवाफ निकै निर्देशनमूलक छ।”
प्रहरीधरहरा जुला. १
“मानिसजातिको हैसियतमा हाम्रो अत्यन्तै आधारभूत आवश्यकताहरूमध्ये एक प्रेम गर्नु र प्रेम गरिनु हो। [पृष्ठ ४ मा उद्धरण गरिएको क्याप्सन पढ्नुहोस्।] यद्यपि, आधुनिक समाजले अन्य कुराहरूलाई नै प्राथमिकता दिएको के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले साँचो प्रेम के हो र यो कसरी विकास गर्न सकिन्छ भनी छलफल गर्छ।” पहिलो कोरिन्थी १३:२ पढ्नुहोस्।