प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ५/०५ p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ५/०५ p. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा मे १५

“के तपाईंलाई हामी गरिबीमुक्‍त संसार कहिल्यै हेर्न पाउँनेछौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा हेर्नुहोस्‌ त। [यशैया ६५:२१ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकमा यो प्रतिज्ञा कसरी वास्तविकतामा परिणत हुनेछ भन्‍ने कुरा छलफल गरिएको छ।” प्रतिज्ञा गरिएको यो परिवर्तन कहिले पूरा हुनेछ? भन्‍ने प्रश्‍न छलफल गर्नको लागि पुनःभेट गर्नुहोस्‌।

ब्यूँझनुहोस्‌! मे ८

“सामाजिक संरचनामा आएको परिवर्तनसँगै बच्चाहरूले बढ्‌दो दबाब महसुस गरिरहेका छन्‌। यस्तो दबाबको सामना गर्न आमाबाबुले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌? [जवाफ दिने मौका दिनुहोस्‌, त्यसपछि व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌।] यी लेखहरूमा यस्ता केही सिद्धान्तहरूबारे छलफल गरिएको छ जसले आफ्ना छोराछोरीलाई आवश्‍यक डोऱ्‍याइ प्रदान गर्न आमाबाबुलाई मदत गर्न सक्छ।”

प्रहरीधरहरा जून १

“प्रायजसो सबै मानिसहरू शान्तिबारे कुरा त गर्छन्‌ तरैपनि मानिसजातिका लागि भने विश्‍व-एकता प्राप्त गर्न असम्भव जत्तिकै भएको छ। के तपाईंलाई विश्‍व-एकता प्राप्त गर्नु सपना मात्र हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकाले विश्‍वलाई एकताबद्ध बनाउन सक्षम सरकारतर्फ ध्यानाकर्षित गर्छ।” भजन ७२:७, ८ पढ्‌नुहोस्‌ र यो कसरी पूरा हुनेछ छलफलको लागि पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

ब्यूँझनुहोस्‌! जून ८

“आफ्ना छोराछोरीलाई के हेर्न दिने भन्‍ने सन्दर्भमा अधिकांश आमाबाबुहरूले निकै राम्ररी छनौट गर्छन्‌। आफ्नो परिवारको लागि उपयुक्‍त चलचित्र भेट्टाउन कतै तपाईंलाई गाह्रो भएको छ कि? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि एफिसी ४:१७ पढ्‌नुहोस्‌।] आमाबाबुले आफ्ना छोराछोरीलाई स्वास्थ्यकर मनोरञ्जन छान्‍न कसरी मदत गर्न सक्छन्‌ भन्‍ने विषय यस पत्रिकामा छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने