पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अक्टो. ८
“आफ्नो जीवनको कुनै न कुनै मोडमा ४ जना मानिसमध्ये १ जना मानसिक रोगबाट ग्रसित हुनेछन् भन्ने अनुमान गरिएको छ। हामीमध्ये धेरैले यस रोगद्वारा पीडित व्यक्ति चिनेका छौं। [लेख पल्टाउनुहोस्।] यस लेखमा हाम्रो कोही प्रियजन यस्तो अवस्थामा छ भने हामी के गर्न सक्छौं भन्ने विषयमा मदतकारी सुझावहरू दिइएका छन्।”
प्रहरीधरहरा अक्टो. १५
“कसै-कसैको सोचाइमा जति धेरै पैसा भयो, उति नै जीवन सन्तोषजनक हुन्छ। के तपाईंलाई यो कुरा साँचो हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] असाध्यै धनी एक जना व्यक्तिले के लेखे, यहाँ हेर्नुहोस् न। [उपदेशक ५:१० पढ्नुहोस्।] यस पत्रिकाले भौतिक सम्पत्तिभन्दा पनि बढी महत्त्वपूर्ण कुराबारे छलफल गर्छ।”
ब्यूँझनुहोस्! अक्टो. ८
“युवा जनहरूमाझ अत्यधिक मद्यपान एउटा बढ्दो समस्याको रूपमा देखा परिरहेको छ भन्ने कुरा के तपाईंलाई थाह छ? यसले युवाहरूलाई नराम्रा नतिजाहरूतर्फ धकेल्छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश २०:१ पढ्नुहोस्।] रक्सीको दुर्व्यसनले गर्दा युवा जनहरू थुप्रै खतराहरूमा पर्छन्। यस लेखमा रक्सी दुर्व्यसनी हुने दबाबको प्रतिरोध गर्न उनीहरूलाई मदत गर्ने उत्कृष्ट जानकरी दिइएको छ।”
प्रहरीधरहरा नोभे. १
“वर्तमान समस्याहरू समाधान गर्ने मानव नेताहरूको क्षमतामा मानिसहरूले त्यति भरोसा गर्न सकेका छैनन्। के तपाईंलाई यी पदहरूमा भविष्यवाणी गरिएको कुरा पूरा गर्न सक्ने कोही छ जस्तो लाग्छ? [भजन ७२:७, १२, १६ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा यी भविष्यसूचक नेता को हुन् र तिनले कुन कुरा पूरा गर्नेछन् भनेर छलफल गरिएको छ।”