प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 नोभेम्बर p. १
  • के तपाईं मदत गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं मदत गर्न सक्नुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं अरुलाई मदत गर्ने “इच्छा” गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००२
  • विश्‍वासी वृद्ध जनहरूलाई नबिर्सनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • के तपाईं मदत गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
  • विश्‍वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 नोभेम्बर p. १

के तपाईं मदत गर्न सक्नुहुन्छ?

१ यहोवा सधैं आफ्ना वफादार सेवकहरूलाई मदत गर्ने तरिकाहरू खोजिरहनुहुन्छ। (२ इति. १६:९; यशै. ४१:१०, १३) राम्रो हेरचाह गर्ने गोठालोसित उहाँलाई तुलना गर्दै यशैयाले यस्तो लेखे: “उहाँले थुमाहरूलाई आफ्नै अङ्‌गालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्‍याएर उहाँले लैजानुहुनेछ।” (यशै. ४०:११) हामीले यहोवाको मायालु चासो अनुकरण गर्न सक्ने केही तरिकाहरू विचार गर्नुहोस्‌।

२ नयाँ व्यक्‍तिहरूलाई मदत गर्नुहोस्‌: हामीसित उत्थानदायी संगति गरेर आनन्द उठाउन नयाँ व्यक्‍तिहरूलाई आमन्त्रित गरेर हामी मदत गर्न सक्छौं। (हितो. १३:२०) मण्डलीसित भर्खर-भर्खर संगत गर्न थालेको बेला अरूले कसरी आफूलाई मदत गरे भन्‍ने कुरा सम्झँदै एक जना भाइले यसो भने: “थुप्रै अवसरमा एउटा परिवारले मलाई उनीहरूको पारिवारिक अध्ययनमा समावेश गऱ्‍यो। प्रगति गर्दै गएपछि एक जवान अग्रगामी दम्पतीले मलाई उनीहरूसित नियमित रूपमा सेवकाईमा पूरै दिन बिताउन बोलाए। हामीबीच सधैं उत्कृष्ट आध्यात्मिक कुराकानी हुन्थ्यो।” तिनले अझै यसो भने: “मसीही हुनुभन्दा अघि हरेक शुक्रबार र शनिबार राती म रमाइलो गर्न बाहिर जाने गर्थें। तर भाइहरूसित बिताएको समयले संगति गर्ने मेरो आवश्‍यकता पूरा गरिदियो।” मण्डलीको मायालु चासोले यस भाइलाई विश्‍वासमा गहिरोसित जरा गाड्‌न र स्थिर हुन मदत गऱ्‍यो र अहिले त तिनी बेथेल परिवारको एक जना सदस्यको रूपमा सेवा गर्छन्‌।—कल. २:६, ७.

३ एक-अर्कालाई प्रोत्साहन दिनुहोस्‌: हाम्रा भाइहरूले अप्ठ्यारा परिस्थितिहरूको सामना गर्दा हामी मदत गर्ने मौका पाउन सक्छौं। के तपाईं अशक्‍त प्रकाशकसित मिलेर टेलिफोन साक्षी दिने प्रबन्ध मिलाउन अथवा उसलाई तपाईंको बाइबल अध्ययनमा बोलाउन सक्नुहुन्छ, जसको लागि तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई अशक्‍त प्रकाशककै घरमा बोलाउनुपर्ने पनि हुन सक्छ? सेवकाईमा भाग लिंदा ससाना छोराछोरी भएका आमा वा बुबालाई मदतको खाँचो परिरहेको छ कि? पुनःभेट गर्न अथवा सेवकाईको अन्य पक्षमा भाग लिन तपाईंको मदत खोजिरहेका सङ्‌कोच मान्‍ने प्रकाशकहरू छन्‌ कि? हाम्रा भाइहरूमा मायालु चासो राख्दा त्यसले उनीहरूलाई प्रोत्साहन दिने तरिकाहरू खोज्न हामीलाई उत्प्रेरित गर्नेछ।—रोमी १४:१९.

४ आफ्ना सेवकहरूप्रतिको यहोवाको कोमल चासो अनुकरण गर्दा हामी एक-अर्कालाई बलियो बनाउँछौं, मण्डलीलाई प्रेममा नजिक हुन मदत गर्छौं र स्वर्गमा हुनुहुने हाम्रो पिताको महिमा गर्छौं।—एफि. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने