के तपाईं मदत गर्न सक्नुहुन्छ?
थुप्रै मण्डलीमा दीर्घकालीन रोगले गर्दा वा ढल्कँदो उमेरको कारण प्रचारकार्यमा धेरै भाग लिन नसक्ने प्रकाशकहरू छन्। (२ कोरि. ४:१६) तपाईं त्यस्ता प्रकाशकहरूलाई आफूसँगै बाइबल अध्ययनमा जान निम्तो दिन सक्नुहुन्छ कि? घरबाट निस्कन सक्दैनन् भने तपाईंले आफ्नो अध्ययन तिनकै घरमा सञ्चालन गर्न पनि सक्नुहुन्छ। समय-समयमा असक्त प्रकाशकसित एक-दुइटा घरमा जान वा एउटा दुइटा पुनःभेट गर्न प्रबन्ध मिलाउन सक्नुहुन्छ कि? पाका प्रकाशकहरू प्रचारकार्यमा अनुभवी हुन्छन्। त्यसकारण तपाईंले मदत गर्दा तिनीहरूले मात्र होइन तर तपाईं आफैले पनि प्रोत्साहन पाउन सक्नुहुन्छ। (रोमी १:१२) यसबाहेक, तपाईंले यसरी प्रेम देखाउने प्रयास गर्दा यहोवाले पनि तपाईंलाई इनाम दिनुहुनेछ।—हितो. १९:१७; १ यूह. ३:१७, १८.