पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! डिसे. ८
“हुन त पृथ्वीले सारा मानिसको लागि पुग्ने अन्न उमार्छ तर ८० करोड मानिस कुपोषित छन्। कस्तो दुःखलाग्दो, हैन र? [जवाफ दिने मौका दिनुहोस्।] यस लेखले सहरमा भोजन आपूर्तिको बढ्दो समस्याहरू केलाएको छ। भोजनको अभाव नहुने संसारबारे बाइबलको प्रतिज्ञा पनि बताउँछ।” भजन ७२:१६क पढ्नुहोस्।
प्रहरीधरहरा डिसे. १५
“आज चाडबाड पैसा कमाउने एउटा बाहना भएकोमा धेरै जना चिन्तित छन्। चाडबाडले आफ्नो अर्थ गुमाउँदै छ जस्तो के तपाईंलाई लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्।] समय सँग-सँगै चाडबाडका परम्पराहरूमा गरिएका परिवर्तनहरूबारे यो पत्रिकाले बताउँछ। परमेश्वर र ख्रीष्टको कसरी आदर गर्न सकिन्छ भनेर पनि यसले बताउँछ।” यूहन्ना १७:३ पढ्नुहोस्।
ब्यूँझनुहोस्! डिसे. ८
“आजको आर्थिक अवस्थालाई विचार गर्ने हो भने बिहे खर्च धान्न झन्-झनै मुश्कील हुँदै गइरहेको छ। कसैले साधारण बिहे गर्ला त कसैले धुमधामसित। कसरी बिहे गर्ने, सो निर्णय गर्न कुन कुराले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि रोमी १२:२ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकको पृष्ठ २१ मा बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू छन्।
प्रहरीधरहरा जन. १
“मानिसमा असल गर्ने क्षमता छ, तर तिनीहरूको खराबी चुलीसकेको छ। किन यस्तो, के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले यसको जवाफ कसरी दिन्छ, यस पत्रिकाले बताउँछ। अन्ततः कसरी खराबीमाथि असलको जित हुनेछ भनेर पनि यसले बताउँछ।” रोमी १६:२० पढ्नुहोस्।