पत्रिकाबारे के भन्ने?
प्रहरीधरहरा जून १
“खराब काम गर्नेहरूबारे हामी दिनहुँजसो सुन्छौं। [स्थानीय इलाकामा हालै भएको कुनै घटनाबारे बताउनुहोस्।] के तपाईंलाई यस्ता खराब काम गराउने कुनै अदृश्य दुष्ट व्यक्ति पो छ कि जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि प्रकाश १२:१२ पढ्नुहोस्।] हामी आफूलाई कसरी जोगाउन सक्छौं भनी यस पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! अप्रि. – जून
“चिकित्सा विज्ञानले रोग विरुद्ध लड्न निकै प्रगति गरिसकेको छ। तर के तपाईंलाई रोगबिमारबाट पूर्णतया मुक्त संसार कुनै दिन होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यहाँ प्रतिज्ञा गरिएअनुसारै पृथ्वीका सबैजना पूर्णतया निरोगी हुने समय अवश्य आउनेछ भनी यस पत्रिकाले बताउँछ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा जुला. १
“बेग्लै जात वा देशको वा अर्कै भाषा बोल्ने मानिसहरूलाई अक्सर नराम्रो व्यवहार गरिन्छ। किन त्यसो गरेको होला जस्तो तपाईंलाई लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्।] यहाँ बताइएको कारण हेर्नुस् त। [१ यूहन्ना ४:२० पढ्नुहोस्।] यस पत्रिकाले यो प्रश्नको जवाफ दिन्छ—के जातीय सद्भाव सम्भव छ?”
ब्यूँझनुहोस्! जुला. – सेप्टे.
“अहिले संसारका थुप्रै ठाउँमा नैतिक स्तर खस्किरहेको जस्तो मानिसहरूलाई लाग्छ। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यी कुराहरू हुनेछन् भनेर धेरै पहिले भविष्यवाणी गरिएको थियो। [२ तिमोथी ३:२-४ पढ्नुहोस्।] अहिले भइरहेको नैतिक पतनले के देखाउँछ अनि मानिसजाति कतातिर लम्कँदैछ भनेर यस पत्रिकाले देखाउँछ।”