प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त p. ८
  • नयाँ क्षेत्रीय सम्मेलन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त p. ८

नयाँ क्षेत्रीय सम्मेलन

यहोवा महिमा पाउन योग्यको हुनुहुन्छ। तर उहाँको महिमा हामी कसरी गर्छौं? के कारणले गर्दा कसै-कसैलाई यहोवाको प्रशंसा गर्न गाह्रो लाग्छ? अहिले परमेश्‍वरको महिमा गर्नेहरूले कस्ता आशिष्‌ पाउँछन्‌? सेवा वर्ष २००८ को क्षेत्रीय सम्मेलनले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिनेछ। सम्मेलनको मूल विषय हो: “सबै परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरि. १०:३१) अब हुने दुई-दिने क्षेत्रीय सम्मेलनमा हामी के-कस्ता आध्यात्मिक निर्देशन पाउनेछौं, विचार गर्नुहोस्‌।

“परमेश्‍वरको महिमा किन गर्ने?” र “परमेश्‍वरले तोकेका आवश्‍यकताहरू पूरा गरेर उदाहरण बसाल्नुहोस्‌” विषयमा जिल्ला निरीक्षकले बताउनेछन्‌। तिनले “परमेश्‍वरको महिमा गर्ने मानिसहरू को हुन्‌?” शीर्षकको जनभाषण र “एकताबद्ध भई विश्‍वभरि परमेश्‍वरको महिमा गर्छौं” विषयको समापन भाषण दिनेछन्‌। तिनले ईश्‍वरतान्त्रिक सेवकाई स्कूल पनि सञ्चालन गर्नेछन्‌। “परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न रमाउनुहोस्‌,” “क्षेत्रको आवश्‍यकतालाई ध्यान दिने” र २ पत्रुस १:१२ मा आधारित “‘सत्यमा स्थिर’ रहो” जस्ता विषयमा क्षेत्रीय निरीक्षकले भाषण दिनेछन्‌। यसबाहेक, कसरी “अग्रगामी सेवाले परमेश्‍वरको महिमा गर्छ,” त्यो पनि सिक्नेछौं। हामीलाई सोचविचार गर्न बाध्य पार्ने दुई गोष्ठी भाषणमध्ये पहिलोको शीर्षक हो: “जीवनको हर पक्षमा परमेश्‍वरको महिमा गर्नुहोस्‌।” यस गोष्ठी भाषणमा १ कोरिन्थी १०:३१ मा पाइने प्रेरित शब्दको अर्थ राम्ररी केलाइनेछ। “यहोवाको प्रशंसा गर्न पवित्र सेवा चढाउने” विषयको अर्को गोष्ठी भाषणमा हाम्रो उपासनाका विभिन्‍न पक्ष विचार गरिनेछ। आइतबार, हामी प्रहरीधरहरा-को सारांश र दैनिक पदको छलफल पनि सुन्‍नेछौं। सम्मेलनमा बप्तिस्मा लिने प्रबन्ध पनि छ।

धेरैजसो मानिस परमेश्‍वरको अस्तित्व छ भनेर स्वीकार्दैनन्‌। मानिसहरूको योजनाहरूदेखि अति प्रभावित भएकोले थुप्रै मानिस यहोवाको महिमाबारे सोच्नसमेत चाहँदैनन्‌। (यूह. ५:४४) तर ‘सबै परमेश्‍वरकै महिमाको निम्ति गर्न’ के-के गर्नुपर्छ, त्यो बुझ्न समय खर्च गर्नु महत्त्वपूर्ण छ भनेर हामीले बुझेका छौं। सम्मेलनमा उपस्थित हुने योजना बनाउनुहोस्‌ र दुवै दिनका सबै कार्यक्रमबाट पूरापूर फाइदा उठाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने