प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अगस्त पृ. १
  • नयाँ क्षेत्रीय सम्मेलन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टियान सेवकहरूका लागि गरिएको एउटा प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अगस्त पृ. १

नयाँ क्षेत्रीय सम्मेलन

साँचो उपासनाको घोर विरोध गर्नेहरू विरुद्ध खडा हुन कसरी सम्भव छ? हामीलाई यस अभक्‍त संसारतिरै फर्काएर लैजान निरन्तर प्रयास गरिरहने आत्मिक सेनालाई हामी कसरी जित्न सक्छौं? सेवा वर्ष २००९ को क्षेत्रीय सम्मेलनमा यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिइनेछ। सम्मेलनको विषय हो—‘खराबीलाई सधैं भलाइले जित्नुहोस्‌।’ (रोमी १२:२१) आउनुहोस्‌, कार्यक्रम कस्तो छ, विचार गरौं।

“खराबीलाई भलाइले जित्न बलियो पारियौं,” “होशियार! आफैलाई बढ्‌ता भरोसा नगर्नुहोस्‌,” “सबै किसिमका खराबीको अन्त नजिकै!” र “संसारलाई जित्न आफ्नो विश्‍वास बलियो पारौं” जस्ता विषयहरूमा जिल्ला निरीक्षकले भाषण दिनेछन्‌। क्षेत्रीय निरीक्षकले चाहिं रोमी १३:११-१३ मा आधारित “ब्यूँझने ठीक बेला अहिल्यै हो!” र हितोपदेश २४:१० (NRV) मा आधारित “संकष्टको दिनमा नलरखराउनुहोस्‌” शीर्षकहरूमा भाषण प्रस्तुत गर्नेछन्‌। “क्षेत्रका आवश्‍यकताहरूलाई ध्यान दिने” विषयमा क्षेत्रीय निरीक्षकले दिने भाषण सुन्‍न हामी उत्सुक छौं। अर्को अत्यन्तै प्रोत्साहनदायी भाषणको शीर्षक छ: “अग्रगामी सेवा गरेर के तपाईं ‘सेवाको काममा आफैलाई दिइहाल्न’ सक्नुहुन्छ?” दुइटा गोष्ठीमध्ये पहिलोको शीर्षक छ, “दियाबलका धूर्त चालहरूविरुद्ध खडा हुनुहोस्‌।” यसले हामीलाई प्रविधि, मनोरञ्जन र शिक्षाको क्षेत्रमा शैतानले चाल्ने धूर्त चाल चिन्‍न र त्यसलाई तिरस्कार गर्न मदत गर्नेछ। “यस खराब दिनमा सामना गर्न बलवान हुनुहोस्‌” शीर्षकको गोष्ठीले एफिसी ६:१०-१८ मा भएका प्रेरित सल्लाह हामी कसरी पूर्ण रूपमा लागू गर्न सक्छौं, त्यसबारे बुझाउनेछ।

खराबी र यसको स्रोत शैतानलाई जित्नु अनि राज्य-सन्देश प्रचार गर्नुबीच प्रत्यक्ष सम्बन्ध छ। (प्रका. १२:१७) शैतानले यहोवाका साक्षीहरूमाथि कस्सिएर आक्रमण गर्नु छक्कलाग्दो कुरा होइन। (यशै. ४३:१०, १२) तर शैतानको लज्जास्पद हार हुनेछ किनकि हामीले ‘खराबीलाई सधैं भलाइले जित्ने’ संकल्प गरेका छौं। यस क्षेत्रीय सम्मेलनको सम्पूर्ण कार्यक्रमबाट पूर्ण रूपमा लाभ उठाउन निश्‍चित प्रबन्ध गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने