पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा डिसे. १
“क्रिसमसको समयतिर साधारणतया मानिसहरू येशू र उहाँको जीवनले तिनीहरूको जीवनमा पारेको प्रभावबारे सोच्ने गर्छन्। तपाईंको जीवनमा ख्रीष्टले कस्तो प्रभाव पार्नुभएको छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। घरधनी सुन्न इच्छुक छन् जस्तो देखिएमा प्रस्तुति अघि बढाउनुहोस्।] बाइबल हामीलाई येशूको पाइला पछ्याउन प्रोत्साहन दिन्छ। [१ पत्रुस २:२१ पढ्नुहोस्।] यसो गर्दा हामी अझै असल र अझै आनन्दित मानिस हुनेछौं। किन? यो पत्रिकाले बताएको छ।”
प्रहरीधरहरा जन. १
“अनन्त सास्ती भोग्नुपर्छ भन्ने शिक्षा र परमेश्वर मायालु हुनुहुन्छ भन्ने विश्वासबीच तालमेल कसरी मिलाउने, धेरैले बुझ्नै सक्दैनन्। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वर क्रूर हुनुहुन्न भनेर बाइबलले स्पष्टसँग भन्छ। [घरधनीले चासो देखाएको जस्तो देखिएमा इजकिएल १८:२३ पढ्नुहोस्।] यो पत्रिकामा भएका धर्मशास्त्रीय तर्क तपाईंलाई पक्कै पनि मन पर्नेछ।”