“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
१. कस्तो उद्देश्य राखेर “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताब प्रकाशित गरियो?
१ मे २ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताबबाट छलफल गर्न हामी उत्सुक छौं। उक्त किताबमा यहोवालाई प्रेम गर्ने प्रत्येक व्यक्तिलाई परिचालक निकायले सम्बोधन गरेको एउटा पत्र छ। पत्रको अन्तमा यस्तो लेखिएको छ: “यस किताबले तपाईंलाई सत्यअनुसार जिउन मदत गर्नेछ अनि तपाईंलाई ‘परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नेछ’ र ‘तपाईंका निम्ति अनन्त जीवन पाउने बाटो खुल्नेछ’ भनेर हामी आशा गर्छौं।–यहूदा २१.”
२. जीवनको कुन-कुन क्षेत्रमा यस किताबले हामीलाई मदत दिनेछ?
२ के-के सिक्नेछौं? जीवनका विभिन्न क्षेत्रमा बाइबल सिद्धान्तहरू कसरी लागू हुन्छन् भनेर हामी सिक्नेछौं। जस्तै:- सरसङ्गत, मनोरञ्जन, अख्तियारको आदर गर्ने, आफ्नो आनीबानी, वैवाहिक जीवन, बोली र रीतिथिति। परमेश्वरको वचनमा उल्लेख गरिएको उहाँको उच्च स्तरबमोजिम नै हाम्रो अन्तस्करणले आकार पाउनेछ। (भज. १९:७, ८) यहोवाको सोच्ने तरिकाबारे हाम्रो समझ बढ्दै जाँदा जीवनका सबै क्षेत्रमा उहाँलाई खुसी पार्नेगरि आज्ञाकारी हुन उत्प्रेरित हुनेछौं।—हितो. २७:११; १ यूह. ५:३.
३. किन हामीले हरेक हप्ताको छलफलमा सक्दो भाग लिनुपर्छ?
३ भाग लिने अठोट गर्नुहोस्: तयारी गर्दा मण्डलीका भाइबहिनीहरूमाझ परमेश्वरको प्रशंसा गर्ने लक्ष्य राख्नुहोस्। (हिब्रू १३:१५) मण्डलीका सबै मिलेर यो नयाँ किताबबाट अध्ययन र छलफल गर्नेछौं। हरेक हप्ता छलफल गर्नुपर्ने भाग थोरै भएकोले हामी राम्रोसित तयारी गर्न सक्छौं र सिकेको कुरा ढुक्कसँग बताउन सक्छौं। राम्ररी तयार पारेको अनि छोटो टिप्पणी दिंदा प्रेम र सुकर्म गर्न अरू पनि उत्प्रेरित हुनेछन् भने छलफल जीवन्त र अर्थपूर्ण हुन मदत पुग्नेछ। (हिब्रू १०:२४) अनि आफ्नो विश्वास व्यक्त गर्दै टिप्पणी दिंदा हाम्रो आनन्द पनि अझै बढ्नेछ।
४. यहोवाको आज्ञा पालन गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ?
४ परमेश्वरको प्रेम पाउन लायक भइरहन उहाँको आज्ञा पालन गर्नै पर्छ भनेर येशूले मृत्यु हुनुअघिको रात बताउनुभयो। (यूह. १५:१०) “परमेश्वरको प्रेम” किताबको मदत पाएर दैनिक जीवनमा पहिलाभन्दा अझै राम्रोसँग बाइबल सिद्धान्तहरू लागू गर्ने सङ्कल्प हामी गर्नेछौं र ‘आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नेछौं।’—यहू. २१.