प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 फेब्रुअरी p. २
  • “सुसमाचारको खातिर सब थोक” गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सुसमाचारको खातिर सब थोक” गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं छाँटकाँट गर्न तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
  • आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवकाई—२००६
  • हाम्रो राज्य प्रचार-कार्य उन्‍नति गर्ने तरिकाहरू
    हाम्रो राज्य सेवकाई—१९९४
  • सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 फेब्रुअरी p. २

“सुसमाचारको खातिर सब थोक” गर्नुहोस्‌

१. राज्य प्रचारक अरूको लागि के गर्न चाहन्छ र किन?

१ सुसमाचार सुनाउनुलाई प्रेरित पावलले आफ्नो दायित्व ठाने। (१ कोरि. ९:१६, १९, २३) त्यसैगरि हामी पनि मानिसहरूको अनन्त हितको चासो राख्ने भएकोले अथक प्रयास गर्दै उनीहरूलाई सुसमाचार सुनाउन उत्प्रेरित हुन्छौं।

२. प्रचार गर्दा हामी कस्तो छाँटकाँट गर्न इच्छुक छौं र किन?

२ मानिसहरू जहाँ र जहिले भेटिन्छन्‌, प्रचार गर्नुहोस्‌: एक सिपालु जलाहारीले आफूलाई सजिलो हुने ठाउँ र समयमा होइन तर माछा भेट्‌न सकिने ठाउँ र समयमा बल्छी थाप्छ वा जाल हान्छ। त्यसैगरि “मानिसहरूका जलाहारी” भएकोले हामीले पनि हाम्रो इलाकामा भएका मानिसहरूलाई भेट्टाउन र “किसिम किसिमका माछाहरू” जम्मा गर्ने कामबाट पूर्ण सन्तुष्टि पाउन आफ्नो तालिकामा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। (मत्ती ४:१९; १३:४७) के हामी मानिसहरूलाई घरमै भेट्‌न साँझपख वा सडक साक्षी दिन बिहान सबेरै समय निकाल्न सक्छौं? पावलको लक्ष्य ‘सुसमाचारको विस्तृत साक्षी दिनु’ थियो र मौका पाउने बित्तिकै उनी यसरी साक्षी दिन्थे।—प्रेरि. १७:१७; २०:२०, २४.

३, ४. प्रचारमा हामी कसरी आफ्नो प्रस्तुति विभिन्‍न किसिमको बनाउन सक्छौं र यसको नतिजा कस्तो हुन्छ?

३ इलाकाका मानिसहरूको आवश्‍यकताअनुसार प्रस्तुति ढाल्नुहोस्‌: कस्तो खालको माछा पक्रने हो, त्यहीअनुसार जलाहारीले आफ्नो तरिका पनि बारम्बार परिवर्तन गर्छ। त्यसैगरि इलाकामा भएका मानिसहरूको चासो जाग्ने तरिकामा हामी कसरी राज्यको सुसमाचार प्रस्तुत गर्न सक्छौं? प्रायजसो मानिसलाई चासो लाग्ने विषयमा विचार पुऱ्‍याएर प्रस्तुत गर्नैपर्छ र उक्‍त विषयबारे घरधनीले आफ्नो धारणा बताउँदा ध्यान दिएर सुन्‍नैपर्छ। (याकू. १:१९) दृष्टिकोण बुझ्ने प्रश्‍नहरू सोधेर उनीहरूलाई हामीसित कुराकानी गर्न अग्रसर पार्न सक्छौं। (हितो. २०:५) यसो गर्दा उनीहरूलाई व्यक्‍तिगत रूपमा प्रभाव पार्ने किसिमले सुसमाचारको प्रस्तुति ढाल्न सक्नेछौं। पावल “सबैका निम्ति . . . सबै कुरा” भए। (१ कोरि. ९:२२) प्रत्येक मानिसको हृदय छुन चाहिने अत्यावश्‍यक कुरा भनेकै आवश्‍यकताअनुसार प्रस्तुति ढाल्न सक्नु हो।

४ मानिसहरूलाई “कल्याणको शुभ समाचार” बाँड्‌नु वास्तवमै आनन्दको कुरा हो। (यशै. ५२:७) धेरैभन्दा धेरै मानिसलाई भेट्टाउन “सुसमाचारको खातिर सब थोक” गरिरहौं।—१ कोरि. ९:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने