प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जुलाई पृ. १
  • के तपाईं सेवाको काम अझ बढाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं सेवाको काम अझ बढाउन सक्नुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
  • के तपाईं अग्रगामी भएर यहोवाको सेवा गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९३
  • राज्य सेवाको धन बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
हाम्रो राज्य सेवकाई—२००९
km09 जुलाई पृ. १

के तपाईं सेवाको काम अझ बढाउन सक्नुहुन्छ?

१. हामीले क्षेत्र सेवामा अझ के गर्नुपरेको छ र किन?

१ थुप्रैले राज्यको सुसमाचारमा चासो देखाएको देखेपछि येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) हामी कटनीको अन्तिम समयतिर भएकोले कटनीकार्य पहिलेभन्दा अझै तीव्र बनाउनुपरेको छ। यसको मतलब क्षेत्र सेवामा हामी कसरी अझ धेरै भाग लिन सक्छौं, त्यसबारे प्रार्थनापूर्वक विचार गर्नु हो।—यूह. १४:१३, १४.

२. क्षेत्रमा अझ धेरै खेताला चाहियो भनेर गरिएको आह्वानप्रति कतिपयले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

२ सेवाको काम अझ बढाउने तरिकाहरू: यहोवाको डोऱ्‍याइ र मदत पाएर थुप्रैले अग्रगामी सेवा सुरु गर्न सकेका छन्‌। (भज. २६:२, ३; फिलि. ४:६) कतिपयले वर्षमा एक महिना वा सोभन्दा धेरै महिना सहायक अग्रगामी सेवा गर्न विशेष प्रयत्न गरेका छन्‌। यसो गर्नु सेवाको काम अझ बढाउने राम्रो तरिका हो। सहायक अग्रगामीको रूपमा सेवा गर्दा पाइने आनन्दले यिनीहरूमध्ये थुप्रैलाई नियमित अग्रगामी सेवा सुरु गर्न हौस्याएको छ।—प्रेरि. २०:३५.

३. यदि तपाईं पहिला अग्रगामी सेवा गर्नुहुन्थ्यो भने अहिले फेरि के गर्ने विचार गर्न सक्नुहुन्छ?

३ के तपाईं फेरि अग्रगामीको रूपमा सेवा र्न सक्नुहुन्छ?: यदि तपाईं पहिला अग्रगामीको रूपमा सेवा गर्नुहुन्थ्यो भने तपाईं निश्‍चय नै ती रमाइला क्षणहरू सम्झेर त्यसको कदर गर्नुहुन्छ। फेरि अग्रगामी सेवा सुरु गर्न सकिन्छ कि भनेर के तपाईंले प्रार्थनापूर्वक विचार गर्नुभयो? पहिला जुन परिस्थितिले गर्दा तपाईंले अग्रगामी सेवा छोड्‌नुभएको थियो, सायद त्यसले अहिले बाधा दिंदैन कि? त्यसो हो भने अग्रगामीको रूपमा फेरि सेवा गर्ने मौका तपाईंको लागि खुला भएको हुन सक्छ।—१ यूह. ५:१४, १५.

४. हामी सबैको लागि कस्तो विशेष मौका खुलेको छ?

४ कटनीको काम द्रूत गतिमा अघि बढ्‌दैछ र अब चाँडै सिद्धिनेछ। (यूह. ४:३५, ३६) क्षेत्रमा अझ धेरै भाग लिन कतै आफ्नो दैनिक क्रियाकलापमा परिवर्तन गर्न सक्छौं कि भनेर प्रत्येकले आफ्नो अहिलेको अवस्थालाई जाँचौं। अथवा राम्ररी जाँच्दा पनि सेवाको काम अझ बढाउन सक्ने भएनौं भने अरू कुनै तरिकामा अझ प्रभावकारी हुन सक्छौं कि? (मर्कू. १२:४१-४४) यस विशेष काममा यहोवाले प्रयोग गर्न चाहनुभएकै तरिकामा खटिन आफूलाई उपलब्ध गराउनेहरू अघि कत्ति ठूलो मौका!—भज. ११०:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने