स्मरणार्थ उत्सवको निम्तो संसारभरि बाँडिनेछ!
१. स्मरणार्थ उत्सवअघि संसारभरि कस्तो विशेष अभियानको योजना मिलाइएको छ?
१ “मेरो सम्झनामा यो गर्ने गर।” (लूका २२:१९) येशूको यो आज्ञा पालन गर्दै यहोवाका उपासकहरू जिज्ञासु व्यक्तिहरूसँगै मार्च ३०, २०१० का दिन येशूको मृत्युको सम्झना गर्न भेला हुनेछन्। मार्च १३ देखि मार्च ३० सम्म संसारभरि स्मरणार्थ उत्सवको विशेष निम्तो बाँडिनेछ।
२. तपाईं कसरी निम्तो दिन सक्नुहुन्छ?
२ कसरी बाँड्ने? अगाडिको पानामा भएको चित्र घरधनीले हेर्न सकून् भनेर यो तिनलाई दिंदै यसो भन्न सक्नुहुन्छ: “मार्च ३० को साँझ संसारभरि लाखौं मानिस येशूको मृत्युको सम्झना गर्न भेला हुनेछन्। म यहाँ तपाईं अनि तपाईंको परिवारलाई यो निम्तो दिन आएको। आफ्ना साथीभाइहरूलाई पनि ल्याउनुभए हुन्छ। कृपया यो मनाइने समय र ठाउँ याद गर्नुहोस्।” परिस्थितिले दिएअनुसार, तपाईंले यससम्बन्धी बाइबलमा दिइएको आज्ञा लूका २२:१९ बाट पढेर सुनाउन सक्नुहुन्छ। तर नबिर्सनुहोस्, इलाका ढाक्न समय सीमित मात्र भएकोले छोटो-मीठो प्रस्तुति गर्नु बेस हुन्छ।
३. हामी क-कसलाई निम्तो दिन सक्छौं?
३ तपाईंको मण्डलीको इलाका ठूलो छ भने प्राचीनहरूले पहिलो भेटमा घरमा नभेटिएकाहरूकहाँ पनि निम्तो छाड्न निर्देशन दिन सक्छन्। उपयुक्त हुँदा निम्तोको साथै पत्रिका पनि प्रस्तुत गर्नुहोस्। आफ्ना पुनःभेट, बाइबल विद्यार्थी, सहकर्मी, सहपाठी, नातेदार, छिमेकी र चिनजान सबैलाई निम्तो दिन नबिर्सनुहोस्।
४. छुटकाराको बलिदान प्रबन्ध गर्न यहोवाले देखाएको प्रेमप्रतिको कृतज्ञताले हामीलाई के गर्न उत्प्रेरित गर्नेछ?
४ पूरापूर भाग लिन तयार हुनुहोस्: स्मरणार्थ उत्सव अघि र पछिका महिनाहरू आफ्नो राज्य गतिविधि बढाउने एकदमै राम्रो समय हो। सहायक अग्रगामी सेवा गर्न तपाईं आफ्नो तालिकामा छाँटकाँट गर्न सक्नुहुन्छ कि? तपाईंका छोराछोरी वा बाइबल विद्यार्थीहरूले राम्रो आध्यात्मिक प्रगति गरिरहेका छन् कि? छन् भने, बप्तिस्मा अप्राप्त प्रकाशकहरूको रूपमा यस विशेष अभियानमा भाग लिन योग्य ठहरिन सक्छन् कि भनेर प्राचीनहरूलाई भेट्नुहोस्। छुटकाराको बलिदान प्रबन्ध गर्न यहोवाले देखाएको प्रेमप्रतिको कृतज्ञताले हामीलाई स्मरणार्थ उत्सवमा उपस्थित हुन मात्र होइन तर सकेसम्म धेरैलाई निम्तो बाँड्न पनि उत्प्रेरित गर्नेछ।—यूह. ३:१६.