पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अक्टोबर
“अहिले थुप्रै मानिस खराब काम गर्छन्। तपाईंलाई हामीले अन्याय र अत्याचारबाट छुटकारा पाउने दिन पनि कहिल्यै आउला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] परमेश्वरले हस्तक्षेप गर्ने र विनाकारण अत्याचारमा परेकाहरूलाई मदत गर्ने उहाँको प्रतिज्ञा तपाईंलाई देखाउन सक्छु? [घरधनीले चासो देखाएमा भजन ७२:१२, १४ पढ्नुहोस्] मानिसहरू किन खराब काम गर्छन् र यसको अन्त कसरी गरिनेछ त्यसबारे यो पत्रिकाले बताउँछ।”
प्रहरीधरहरा नोभेम्बर
“समस्यामा पर्दा मानिसहरूले प्रार्थना गरेको देख्नु सामान्य कुरा हो। तपाईंको विचारमा के परमेश्वरले प्रार्थनाहरू साँच्चै सुन्नुहुन्छ र तिनको जवाफ दिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] प्रार्थना गर्न हामीलाई प्रोत्साहन दिइएको एउटा शास्त्रपद तपाईंलाई देखाउन सक्छु? [घरधनी सहमत छन् भने फिलिप्पी ४:६, ७ पढ्नुहोस्] प्रार्थनाबारे अक्सर सोधिने सातवटा प्रश्नको जवाफ यो पत्रिकाले दिएको छ।”