कृपया भेट्नुहोस् (S-43) फारामको प्रयोग
तपाईंको इलाकामा नबस्ने वा अर्कै भाषा बोल्ने इच्छुक व्यक्ति आफ्नो इलाकामा भेट्दा यो फाराम चलाउनुपर्छ। विगतमा, हामीले भेटेको अर्कै भाषा बोल्ने मानिसले चासो देखाए पनि, नदेखाए पनि हामी यो फाराम भर्ने गर्थ्यौं। तर अबदेखि भने अर्कै भाषा बोल्ने मानिसले चासो देखाएमा मात्र यो फाराम भर्ने गर्नुपर्छ। तर बहिराहरूको सन्दर्भमा भने यो कुरा लागू हुँदैन। बहिरा व्यक्तिले चासो देखाए पनि, नदेखाए पनि हामीले S-43 फाराम भर्नुपर्छ।
यो फाराम भरेपछि के गर्नुपर्छ? यो मण्डलीको सचिवलाई दिनुपर्छ। कुन मण्डलीलाई पठाउनुपर्छ, तिनलाई थाह छ भने चासो देखाएको मानिसलाई भेट्न प्रबन्ध मिलाउन तिनले सीधै त्यस मण्डलीका एल्डरहरूलाई उक्त फाराम पठाउन सक्छन्। कुन मण्डलीलाई पठाउने भनी तिनी पक्का छैनन् भने उक्त फाराम कन्ट्री अफिसमा पठाउनुपर्छ।
चासो देखाएका व्यक्ति अर्कै भाषा बोल्छन् र तिनी तपाईंको इलाकामा बस्छन् भने उक्त व्यक्तिलाई तिनकै भाषा बोल्ने मण्डलीको प्रकाशकले नभेटुन्जेल तिनको चासो सेलाउन नदिन S-43 फाराम बुझाएका प्रकाशकले नै तिनलाई भेटिरहन सक्छन्।—हाम्रो राज्य सेवकाई, नोभेम्बर २००९, पृष्ठ ४ हेर्नुहोस्।