प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई p. १
  • “कोमलताले भरिएको करुणा” देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कोमलताले भरिएको करुणा” देखाउनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाले करुणामय शासन गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई p. १

“कोमलताले भरिएको करुणा” देखाउनुहोस्‌

१. आज मानिसहरूलाई केको टड्‌कारो खाँचो परेको छ?

१ मानिसहरूलाई आज जत्तिको करुणा पहिला कहिल्यै देखाउनु आवश्‍यक परेको थिएन। संसारको खस्कँदो अवस्थाको कारण मानिसहरू दुःखी, उदास र आशाविहीन भएका छन्‌। लाखौं मानिसलाई मदतको खाँचो परेको छ। हामी ख्रीष्टियनको हैसियतमा आफ्ना छिमेकीहरूलाई साँचो चासो देखाउन सक्छौं। (मत्ती २२:३९; गला. ६:१०) हामी कसरी साँचो चासो देखाउन सक्छौं?

२. करुणा देखाउने सबैभन्दा राम्रो तरिका के हो?

२ करुणाले भरिएको कार्य: चिरस्थायी अनि साँचो सान्त्वनाको एकमात्र स्रोत यहोवा हुनुहुन्छ। (२ कोरि. १:​३, ४) यहोवा हामीलाई उहाँको अनुकरण गर्दै “कोमलताले भरिएको करुणा” देखाउन आग्रह गर्नुहुन्छ। (१ पत्रु. ३:⁠८) त्यसैले उहाँले हामीलाई आफ्ना छिमेकीहरूलाई राज्यको सुसमाचार सुनाउने आज्ञा दिनुभएको छ। “मन भाँचिएकाहरू”-लाई सान्त्वना दिने सबैभन्दा राम्रो तरिका यस काममा आफूले सकेजति भाग लिनु हो। (यशै. ६१:⁠१) किनभने दुःखको मारमा परेका मानिसजातिको लागि एकमात्र साँचो आशा भनेकै परमेश्‍वरको राज्य हो। यहोवाले आफ्ना जनहरूप्रतिको करुणाले गर्दा चाँडै दुष्टता हटाएर न्यायले बास गर्ने नयाँ पृथ्वी स्थापना गर्न कदम चाल्नुहुनेछ।​—⁠२ पत्रु. ३:⁠१३.

३. हामी कसरी मानिसहरूप्रति येशूको जस्तै दृष्टिकोण राख्न सक्छौं?

३ मानिसहरूप्रति येशूको जस्तै दृष्टिकोण राख्नुहोस्‌: येशूले ठूलो भीडलाई प्रचार गर्दा उहाँले ती मानिसहरूलाई एउटा समूहको रूपमा मात्र हेर्नुभएन। उहाँले तिनीहरू प्रत्येकलाई परमेश्‍वरसित असल सम्बन्ध विकास गर्न मदतको खाँचोमा परेको व्यक्‍तिको रूपमा हेर्नुभयो। तिनीहरू गोठालो न⁠भएका भेडाहरूजस्तै थिए। तिनीहरूलाई त्यस्तो अवस्थामा देख्दा उहाँ टिठाउनुभयो अनि तिनीहरूलाई धीरजी भएर सिकाउन उत्प्रेरित हुनुभयो। (मर्कू. ६:३४) मानिसहरूलाई येशूको जस्तै दृष्टिकोणबाट हेर्दा तिनीहरूलाई व्यक्‍तिविशेषको रूपमा साँचो करुणा देखाउन हामी प्रोत्साहित हुनेछौं। यस्तो करुणा हाम्रो बोल्ने शैली अनि अनुहारको हाउभाउमा देखिनेछ। साथै प्रचारकार्यले हाम्रो जीवनमा प्राथमिकता पाउनेछ अनि प्रत्येकको चासोको विषय के हो, त्यसअनुसार हामीले बोल्ने शब्दहरूमा काँटछाँट गर्न उत्प्रेरित हुनेछौं।​—⁠१ कोरि. ९:​१९-२३.

४. हामीले किन करुणा धारण गर्नुपर्छ?

४ हरेक राष्ट्रका मानिसहरूको ठूलो भीडले राज्य सन्देश र तिनीहरूलाई देखाइएको साँचो चासोप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेका छन्‌। करुणा धारण गरिरहँदा हामीले करुणाका परमेश्‍वर यहोवाको आदर गरिरहेका हुनेछौं र उहाँलाई खुसी बनाइरहेका हुनेछौं।​—⁠कल. ३:⁠१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने