प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त पृ. १
  • ‘परमेश्‍वरको नाम पवित्र पारियोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘परमेश्‍वरको नाम पवित्र पारियोस्‌’
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • ईश्‍वरीय नाउँ घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त पृ. १

‘परमेश्‍वरको नाम पवित्र पारियोस्‌’

१. सेवा वर्ष २०१२ को क्षेत्रीय सम्मेलनको मूल विषय के हो र यो केमा आधारित छ?

१ ब्रह्‍माण्डको सार्वभौम यहोवाको नाम वहन गर्न पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान! यो नाम वहन गर्ने जिम्मेवारी यहोवा स्वयम्‌ले हामीलाई दिनुभएको हो अनि विशेषगरि सन्‌ १९३१ देखि हामी यहोवाका साक्षीहरू भनिने विशिष्ट नामबाट परिचित छौं। (यशै. ४३:१०) परमेश्‍वरको एक मात्र छोरा येशू ख्रीष्टले नमुना प्रार्थनामा आफ्नो बुबाको नामलाई प्राथमिकता दिंदै यस नामलाई सबैभन्दा उच्च स्थानमा राख्नुभयो। (मत्ती ६:⁠९) सेवा वर्ष २०१२ को क्षेत्रीय सम्मेलनको मूल विषय येशूको त्यही प्रार्थनामा आधारित छ। त्यो हो​—⁠“परमेश्‍वरको नाम पवित्र पारि⁠योस्‌।”

२. सम्मेलनमा हामी के-कस्ता कुराहरू सुन्‍न सक्नेछौं?

२ के-कस्ता कुराहरू सुन्‍न सकिनेछ: शुक्रबारको दिन “पूर्ण-समय सेवकहरूको हैसियतमा परमेश्‍वरको नाम प्रकट गर्नुहोस्‌” भन्‍ने विषयमा भाषण दिइनेछ। उक्‍त भाषणमा पूर्ण-समय सेवा गर्नु किन जीवनको इनामदायी मार्ग हो भनेर छलफल गरिनेछ। “यहोवाको नाममा कलङ्‌क लगाउनदेखि होसियार हुनुहोस्‌” भन्‍ने गोष्ठीले हामीलाई पासोमा पार्न सक्ने चार वटा खतरादेखि अलग रहन मदत गर्नेछ। “परमेश्‍वरको नामलाई किन पवित्र पार्नै पर्छ?” भन्‍ने विषयको भाषणमा यी प्रश्‍नहरूको जवाफ पाउनेछौं​—⁠खासै चासो नदेखाउने मानिसहरू भेटिंदा हामीलाई प्रचारकार्यमा जोसिलो भइरहन केले मदत गर्नेछ? हाम्रो प्रचारकार्यलाई प्रभावकारी बनाउन केले मदत गर्नेछ? शनिबारको दिन चार भागमा दिइने गोष्ठीमा हाम्रो सोचाइ, बोलीवचन, निर्णय र आचरणले कसरी परमेश्‍वरको नाम पवित्र पार्न सक्छौं, स्पष्ट पारिनेछ। “यहोवाले आफ्नो महान्‌ नाम आरमागेडोनमा पवित्र पार्नुहुनेछ” भन्‍ने विषयको जनभाषण विशेषगरि नयाँ श्रोताहरूको लागि लाभदायक हुनेछ।

३. हामीसित कस्तो सुअवसर छ र यस सम्मेलनले हामीलाई के गर्न मदत गर्नेछ?

३ यहोवाले आफ्नो नाम पवित्र पार्न चाँडै कदम चाल्नुहुनेछ। (इज. ३६:२३) तर त्यतिन्जेल, यहोवाको पवित्र नामले प्रतिनिधित्व गर्ने सबै कुरालाई समर्थन गर्ने महान्‌ सुअवसर हामीले पाएका छौं। यस क्षेत्रीय सम्मेलनका कार्यक्रमहरूले परमेश्‍वरको नाम वहन गर्ने गम्भीर जिम्मेवारी पूरा गर्न हामी प्रत्येकलाई मदत गर्नेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने