बाइबल सन्देश पुस्तिका प्रयोग गर्ने एउटा तरिका
हाम्रो इलाकाका थुप्रै मानिस, विशेषगरि गैर-ख्रीष्टियन धर्मावलम्बीहरू बाइबलसँग परिचित छैनन्। त्यस्ता मानिसहरूसँग बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्दा केही प्रकाशकले आफ्ना विद्यार्थीलाई बाइबलसँग परिचित गराउन बाइबल सन्देश पुस्तिका प्रयोग गर्ने गरेका छन्। उदाहरणको लागि, एक जना भाइ आफ्नो बाइबल विद्यार्थीसँग बाइबलले सिकाउँछ किताबको अध्याय ३ छलफल गर्दा त्यस पुस्तिकाको भाग १ प्रयोग गर्छन्। त्यसपछि हरेक अध्ययनको अन्तमा त्यस पुस्तिकाको अर्को कुनै एउटा भाग छलफल गर्छन्। के तपाईं बाइबलबारे केही थाह नभएका वा थोरै मात्र ज्ञान भएकाहरूलाई अध्ययन गराउँदै हुनुहुन्छ? ‘पवित्र लेखोटहरू, जसबाट हासिल हुने बुद्धिले तिनको उद्धार गर्नेछ,’ त्यो बुझ्नको लागि तिनलाई मदत दिन बाइबलले सिकाउँछ किताबमा भएको सामग्रीका साथै बाइबल सन्देश पुस्तिका पनि सँगसँगै प्रयोग गर्नुहोस्।—२ तिमो. ३:१५.