प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अक्टोबर pp. ३-६
  • के तपाईंले यहोवाबाट आफूले सकेजति सिक्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले यहोवाबाट आफूले सकेजति सिक्दै हुनुहुन्छ?
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अक्टोबर pp. ३-६

के तपाईंले यहोवाबाट आफूले सकेजति सिक्दै हुनुहुन्छ?

१. यहोवा हामी शिक्षित भएको चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

१ हाम्रा महान्‌ “गुरु” यहोवा हामी शिक्षित भएको चाहनुहुन्छ। (यशै. ३०:२०) उहाँले आफ्नो जेठो छोरा सृष्टि गर्नुभएदेखि नै सिकाउन थाल्नुभयो। (यूह. ८:२८) आदमले विद्रोह गरेपछि पनि यहोवाले सिकाउन बन्द गर्नुभएन तर उहाँले त्रुटिपूर्ण मानिसलाई मायालुपूर्वक निर्देशन दिइरहनुभयो।​—⁠यशै. ४८:​१७, १८; २ तिमो. ३:​१४, १५.

२. अहिले कस्ता शैक्षिक गतिविधिहरू भइरहेका छन्‌?

२ आज यहोवाले इतिहासमै सबैभन्दा ठूलो शैक्षिक कार्यक्रममा नेतृत्व लिंदै हुनुहुन्छ। यशैयाको भविष्यवाणीअनुसार विश्‍वका लाखौं मानिस “परमप्रभुको भवन बसालिएको” प्रतीकात्मक “पर्वत”-मा ओइरिंदै छन्‌। (यशै. २:⁠२) हामी किन यहोवाको भवन बसालिएको पर्वतमा जानुपर्छ? हो, यहोवाबाट उहाँको मार्ग सिक्न! (यशै. २:⁠३) सेवा वर्ष २०१० को दौडान यहोवाका साक्षीहरूले मानिसहरूलाई बाइबल सत्यको साक्षी दिन र सिकाउन १ अरब ६० करोडभन्दा धेरै घण्टा बिताए। साथै हरेक हप्ता संसारभरिका एक लाख पाँच हजारभन्दा धेरै मण्डलीमा ईश्‍वरीय शिक्षा दिइन्छ। अनि विश्‍वासी र बुद्धिमान्‌ दासले तयार पारेका शिक्षामूलक प्रकाशनहरू ५०० भन्दा धेरै भाषामा प्रकाशित गरिन्छ।

३. यहोवाले दिनुभएको शिक्षाबाट तपाईंले व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउनुभएको छ?

३ पूर्णतया लाभ उठाउनुहोस्‌: ईश्‍वरीय शिक्षाबाट हामीले कत्ति धेरै लाभ उठाएका छौं! हामीले परमेश्‍वरको नाम छ र उहाँ हाम्रो चासो राख्नुहुन्छ भनेर सिकेका छौं। (प्रका. ४:११; १ पत्रु. ५:​६, ७) साथै हामीले जीवनका सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाएका छौं। जस्तै:- हामी किन दुःखकष्ट भोग्छौं अनि मर्छौं? म कसरी साँचो आनन्द प्राप्त गर्न सक्छु? अनि जीवनको उद्देश्‍य के हो? यहोवाले हामीलाई नैतिकतासम्बन्धी निर्देशन पनि दिनुभएको छ र यस्तो निर्देशनले हामीलाई ‘सबै मार्गहरूमा उन्‍नति गर्न’ मदत गरेको छ।​—⁠यहो. १:⁠८.

४. यहोवाले आफ्ना जनहरूको लागि कस्ता शैक्षिक कार्यक्रमहरूको प्रबन्ध गरिदिनुभएको छ र हामीले किन यहोवाबाट आफूले सकेजति सिक्नुपर्छ?

४ साथै यहोवाले आफ्ना थुप्रै सेवकलाई तिनीहरूको सेवा विस्तार गर्नको लागि विशेष शिक्षाको प्रबन्ध गर्नुभएको छ। पृष्ठ ४-६ मा आफ्नो सेवा विस्तार गर्न केहीले पाउन सक्ने सुअवसरहरूको सूची दिइएको छ। हाम्रो परिस्थितिले गर्दा सूचीमा दिइएका प्रशिक्षण कार्यक्रममा भाग लिन नसके तापनि के हामी आफूले पाइरहेको ईश्‍वरीय शिक्षाबाट पूर्णतया लाभ उठाउँदै छौं? स्कूलका शिक्षक र अरूले युवाहरूलाई उच्च शिक्षा हासिल गर्न अक्सर दबाब दिने गर्छन्‌। के हामी ती युवाहरूलाई आध्यात्मिक लक्ष्यहरू राख्न र यहोवाले दिनुहुने सर्वोत्कृष्ट शिक्षा हासिल गर्न प्रोत्साहन दिइरहेका छौं? यहोवाबाट आफूले सकेजति सिक्दा हामीले अहिले पनि आनन्दित जीवन बिताउन सक्नेछौं अनि भविष्यमा अनन्त जीवन पाउनेछौं।​—⁠भज. ११९:१०५; यूह. १७:⁠३.

यहोवाको सङ्‌गठनले प्रबन्ध गरेका केही शैक्षिक कार्यक्रम

साक्षरता कक्षा

• उद्देश्‍य: भाइबहिनीले बाइबल पढ्‌न सकोस्‌ अनि प्रचारकार्यमा मानिसहरूलाई सत्य सिकाउन सकोस्‌ भन्‍नको लागि उनीहरूलाई पढ्‌न र लेख्न सिकाउन।

• समयावधि: आवश्‍यकताअनुसार

• स्थान: स्थानीय राज्यभवन।

• भाग लिन सक्नेहरू: सबै प्रकाशक अनि चासो दिने व्यक्‍तिहरू।

• कसरी भाग लिने: मण्डलीका एल्डरहरूले स्थानीय आवश्‍यकताअनुसार साक्षरता कक्षाको आयोजना गर्छन्‌ र त्यस कक्षाबाट लाभ उठाउन सक्नेजति सबैलाई भाग लिन प्रोत्साहन दिन्छन्‌।

ईश्‍वरतान्त्रिक सेवा स्कूल

• उद्देश्‍य: सुसमाचारको प्रभावकारी प्रचारक र शिक्षक बनाउनको लागि प्रकाशकहरूलाई प्रशिक्षण दिन।

• समयावधि: यो स्कूल नियमित रूपमा सञ्चालन हुने गर्छ।

• स्थान: स्थानीय राज्यभवन।

• भाग लिन सक्नेहरू: सबै प्रकाशक। साथै मण्डलीसित जोसिलो भई सङ्‌गत गरिरहेकाहरू, बाइबल शिक्षासित सहमत हुनेहरू अनि ख्रीष्टियन सिद्धान्तअनुसार जीवन बिताउनेहरू।

• कसरी भाग लिने: ईश्‍वरतान्त्रिक सेवा स्कूल निरीक्षकसित कुरा गर्नुहोस्‌।

विदेशी भाषाको कक्षा

• उद्देश्‍य: विदेशी भाषामा प्रचार गर्नको लागि प्रकाशकहरूलाई सिकाउन।

• समयावधि: चार वा पाँच महिना। कक्षा प्रायजसो शनिबारको दिन एक वा दुई घण्टा सञ्चालन गरिन्छ।

• स्थान: प्रायः नजिकैको राज्यभवन।

• भाग लिन सक्नेहरू: विदेशी भाषामा प्रचार गर्न चाहने उदाहरणीय प्रकाशक।

• कसरी भाग लिने: शाखा कार्यालयले आवश्‍यकताअनुसार कक्षाको आयोजना गर्छ।

राज्यभवन निर्माण

• उद्देश्‍य: राज्यभवन निर्माण गर्न अनि पुनर्निर्माण गर्न। यो कुनै स्कूल होइन, तर यस प्रबन्धअन्तर्गत निर्माणकार्यमा सघाउ पुऱ्‍याउन सकोस्‌ भन्‍नको लागि स्वयंसेवकहरूलाई विभिन्‍न सीप सिकाइन्छ।

• समयावधि: स्वयंसेवकहरूको परिस्थितिअनुसार।

• स्थान:a रीजनल विलडिङ कमिटीले खटाएको क्षेत्रभित्र। अथवा केही स्वयंसेवकलाई प्राकृतिक प्रकोपले प्रभावित भएको टाढाको इलाकामा राहतकार्यको लागि निम्त्याइन सक्छ।

• योग्यता: बप्तिस्मा भएको हुनुपर्छ र एल्डरहरूको निकायले सदर गरेको हुनुपर्छ। स्वयंसेवक हुन चाहनेहरू दक्ष अथवा निर्माणसम्बन्धी कुनै दक्षता नभएका हुन सक्छन्‌।

• कसरी भाग लिने:b स्थानीय एल्डरले दिने राज्यभवन स्वयंसेवक प्रश्‍नोत्तर (S-82) (अङ्‌ग्रेजी) फाराम भर्नुहोस्‌।

अग्रगामी सेवा स्कूल

• उद्देश्‍य: ‘सेवाको काम राम्ररी पूरा गर्नको’ लागि अग्रगामीलाई मदत गर्न।​—⁠२ तिमो. ४:⁠५.

• समयावधि: १० दिन।

• स्थान: शाखा कार्यालयले तोकेको स्थानमा; प्रायः नजिकैको राज्यभवन।

• योग्यता: कम्तीमा एक वर्ष नियमित अग्रगामी गरेको हुनुपर्छ।

• कसरी भाग लिने: योग्य अग्रगामी स्वतः त्यस स्कूलमा भाग लिन सक्छन्‌। क्षेत्रीय निरीक्षकले त्यसको लागि खबर दिन्छन्‌।

नयाँ बेथेल सेवकका लागि स्कूल

• उद्देश्‍य: यो स्कूल नयाँ बेथेल सेवक आफ्नो सेवामा सफल हुनको लागि मदत गर्न तयार पारिएको हो।

• समयावधि: प्रत्येक हप्ता एक घण्टाको हिसाबले सोह्र हप्तासम्म।

• स्थान: बेथेल।

• योग्यता: बेथेल परिवारको स्थायी सदस्य वा लामो समयको लागि अस्थायी स्वयंसेवक (एक वर्ष वा सोभन्दा बढी) हुनुपर्छ।

• कसरी भाग लिने: बेथेल परिवारको योग्य सदस्य स्वतः त्यस स्कूलमा भाग लिन सक्छन्‌।

राज्य सेवा स्कूल

• उद्देश्‍य: मण्डलीका भाइबहिनीको निरीक्षण गर्न र सङ्‌गठनका जिम्मेवारीहरू राम्ररी पूरा गर्नको लागि एल्डर तथा सहायक सेवकलाई प्रशिक्षण दिन। (प्रेषि. २०:२८) यो स्कूल परिचालक निकायको निर्णयअनुसार केही वर्षको फरकमा हुने गर्छ।

• समयावधि: हालैका वर्षमा यो स्कूल एल्डरहरूको लागि एक दिन र अर्को आधा दिन अनि सहायक सेवकहरूको लागि एक दिन सञ्चालन भएको छ।

• स्थान: प्रायः नजिकैको राज्यभवन वा एसेम्ब्ली हल।

• योग्यता: एल्डर अथवा सहायक सेवक हुनुपर्छ।

• कसरी भाग लिने: क्षेत्रीय निरीक्षकले योग्य एल्डर अथवा सहायक सेवकलाई निम्त्याउँछन्‌।

स्कूल फर कङ्‌ग्रिगेसन एल्डर्स्‌ c

• उद्देश्‍य: मण्डलीका जिम्मेवारीहरू राम्ररी सम्हाल्नको लागि एल्डरलाई मदत गर्न।

• समयावधि: पाँच दिन।

• स्थान: शाखा कार्यालयले तोकेको स्थानमा; प्रायः नजिकैको राज्यभवन वा एसेम्ब्ली हल।

• योग्यता: एल्डर हुनुपर्छ।

• कसरी भाग लिने: शाखा कार्यालयले योग्य एल्डरलाई निम्तो दिन्छ।

स्कूल फर ट्राभलिङ ओभरसियर्स्‌ एण्ड दियर वाइब्ज d

• उद्देश्‍य: क्षेत्रीय तथा जिल्ला निरीक्षकलाई मण्डलीको रेखदेख गर्ने सन्दर्भमा अझै प्रभावकारी हुन अनि उनीहरूलाई ‘बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्नको’ लागि मदत गर्न।​—⁠१ तिमो. ५:१७; १ पत्रु. ५:​२, ३.

• समयावधि: दुई महिना।

• स्थान: शाखा कार्यालयले तोकेको स्थानमा।

• योग्यता: क्षेत्रीय अथवा जिल्ला निरीक्षक हुनुपर्छ।

• कसरी भाग लिने: शाखा कार्यालयले योग्य क्षेत्रीय निरीक्षक अनि जिल्ला निरीक्षकलाई निम्तो दिन्छ।

बाइबल स्कूल फर सिङ्‌गल ब्रदर्स e

• उद्देश्‍य: अविवाहित एल्डर अनि सहायक सेवकलाई थप जिम्मेवारीको लागि तयार गर्न। प्रायजसो स्नातक गरेकाहरूलाई आफ्नै देशको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न खटाइन्छ। अर्को देशमा गएर सेवा गर्न इच्छुक छु भनेर शाखा कार्यालयलाई जानकारी दिनेहरूलाई अर्को देशमा खटाइन सक्छ।

• समयावधि: दुई महिना।

• स्थान: शाखा कार्यालयले तोकेको स्थानमा; प्रायः नजिकैको राज्यभवन वा एसेम्ब्ली हल।

• योग्यता: २३ देखि ६२ वर्षबीचका अविवाहित भाइहरू। स्वास्थ्य अवस्था राम्रो हुनुपर्छ र आवश्‍यकता धेरै भएको ठाउँमा गएर त्यहाँका भाइबहिनीलाई मदत गर्न अनि राज्य गतिविधि अघि बढाउन इच्छुक हुनुपर्छ। (मर्कू. १०:​२९, ३०) सहायक सेवक वा एल्डरको रूपमा कम्तीमा दुई वर्ष लगातार सेवा गरेको हुनुपर्छ।

• कसरी भाग लिने: यदि तपाईंको शाखा कार्यालयको निगरानीमा रहेको इलाकामा यो स्कूल सञ्चालन गरिन्छ भने इच्छुक भाइहरूको लागि क्षेत्रीय सम्मेलनमा त्यससम्बन्धी सभा हुन्छ। थप जानकारी त्यस सभामा पाउन सक्नुहुन्छ।

बाइबल स्कूल फर क्रिश्‍चियन कपल्स्‌ f

• उद्देश्‍य: यहोवा र उहाँको सङ्‌गठनले दिने जिम्मेवारीहरू अझ राम्ररी पूरा गर्न सकोस्‌ भन्‍नको लागि विवाहित दम्पतीलाई विशेष प्रशिक्षण दिन। प्रायजसो स्नातक गरेकाहरूलाई आफ्नै देशको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न खटाइन्छ। अर्को देशमा गएर सेवा गर्न इच्छुक छु भनेर शाखा कार्यालयलाई जानकारी दिनेहरूलाई अर्को देशमा खटाइन सक्छ।

• समयावधि: दुई महिना।

• स्थान: सुरुका केही कक्षा वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु रोर्क, अमेरिकामा सञ्चालन गरियो। तर अबदेखि शाखा कार्यालयले तोकेको स्थानमा; प्रायः नजिकैको राज्यभवन वा एसेम्ब्ली हलमा सञ्चालन गरिनेछ।

• योग्यता: २५ देखि ५० वर्षबीचका विवा⁠हित जोडीहरू। स्वास्थ्य अवस्था राम्रो हुनुपर्छ र आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने परिस्थितिमा हुनुपर्छ। तिनीहरूको मनोभाव यस्तो हुनुपर्छ: “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशै. ६:⁠८) साथै तिनीहरूले विवाह गरेको कम्तीमा पनि दुई वर्ष भएको हुनुपर्छ अनि कम्तीमा दुई वर्ष लगातार पूर्ण समय सेवा गरेको हुनुपर्छ।

• कसरी भाग लिने: यदि तपाईंको शाखा कार्यालयको निगरानीमा रहेको इलाकामा यो स्कूल सञ्चालन गरिन्छ भने इच्छुक दम्पतीहरूको लागि विशेष सम्मेलनमा त्यससम्बन्धी सभा हुन्छ। थप जानकारी त्यस सभामा पाउन सक्नुहुन्छ।

वाचटावर बाइबल स्कूल अफ गिलियड

• उद्देश्‍य: मिसनरी सेवा गर्नको लागि अग्रगामी तथा पूर्ण समय सेवकहरूलाई प्रशिक्षण दिन।

• समयावधि: पाँच महिना।

• स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु रोर्क, अमेरिका।

• योग्यता: आवेदन दिंदा विवाहित दम्पतीले बप्तिस्मा गरेको तीन वर्ष भएको हुनुपर्छ र २१ देखि ३८ वर्षबीचको हुनुपर्छ। अङ्‌ग्रेजी बोल्न सक्ने र विवाह गरेको कम्तीमा दुई वर्ष पुगेको हुनुपर्छ। कम्तीमा दुई वर्ष लगातार पूर्ण समय सेवा गरेको हुनुपर्छ। आवेदकहरूको स्वास्थ्य स्थिति राम्रो हुनुपर्छ। यदि विदेशमा सेवा गरिरहेका अग्रगामी (साथै मिसनरीको रूपमा सेवा गरिरहेकाहरू); परिभ्रमण निरीक्षक; बेथेल परिवारका सदस्य अनि मिनिस्टेरियल ट्रेनिङ स्कूल, बाइबल स्कूल फर सिङ्‌⁠गल ब्रदर्स र बाइबल स्कूल फर क्रिश्‍चियन कपल्स्‌मा स्नातक गरेकाहरूले यस स्कूलमा भाग लिन चाहिने योग्यताहरू पूरा गरेका छन्‌ भने तिनीहरूले पनि आवेदन दिन सक्छन्‌।

• कसरी भाग लिने: यस स्कूलमा सह⁠भागी हुन चाहनेहरूको लागि छानिएका शाखाहरूमा मात्र जिल्ला अधिवेशनमा त्यससम्बन्धी सभा हुन्छ। थप जानकारी त्यस सभामा पाउन सक्नुहुन्छ। यदि तपाईंको इलाकामा हुने अधिवेशनमा त्यससम्बन्धी सभा हुँदैन तर तपाईं आवेदन दिन चाहनुहुन्छ भने थप जानकारीको लागि शाखा कार्यालयलाई चिठ्ठी लेख्न सक्नु⁠हुन्छ।

स्कूल फर ब्रान्च कमिटी मेम्बर्स्‌ एण्ड दियर वाइब्ज

• उद्देश्‍य: बेथेल गृहको निरीक्षण गर्न; मण्डलीलाई असर गर्ने कामकुराहरूमा ध्यान दिन; आफ्नो इलाकामा पर्ने क्षेत्र (सर्किट) र जिल्लाको निरीक्षण गर्न अनि अनुवाद, छापाखाना, साहित्यको ढुवानीसम्बन्धी कामहरू र अन्य विभिन्‍न विभागको निरीक्षण गर्नको लागि शाखा समितिमा सेवा गरिरहेकाहरूलाई मदत दिन।​—⁠लूका १२:४८ख.

• समयावधि: दुई महिना।

• स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु रोर्क, अमेरिका।

• योग्यता: शाखा समिति वा कन्ट्री कमिटीको सदस्य। शाखा समिति वा कन्ट्री कमिटीको सदस्य हुन योग्य भाइहरू।

• कसरी भाग लिने: परिचालक निकायले योग्य भाइ तथा तिनकी श्रीमतीलाई निम्तो दिन्छ।

[फुटनोट]

a नेपालमा रीजनल विलडिङ कमिटी छैन। तर राज्यभवन निर्माणको लागि त्यस्तै प्रकारको प्रबन्ध भने गरिएको छ।

b नेपालको लागि, स्थानीय एल्डरले दिने राज्यभवन निर्माण स्वयंसेवाको लागि आवेदन (A-25) (अङ्‌ग्रेजी) फाराम भर्नुहोस्‌।

c यो स्कूल सबै देशमा सञ्चालन भइसकेको छैन।

d यो स्कूल सबै देशमा सञ्चालन भइसकेको छैन।

e यो स्कूल सबै देशमा सञ्चालन भइसकेको छैन।

f यो स्कूल सबै देशमा सञ्चालन भइसकेको छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने