प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ४
  • साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०११
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ४
यहोवाका साक्षीहरूले सुसमाचार पुस्तिकाबाट साक्षी दिंदा सुनिरहेकी महिला

ख्रीष्टियन जीवन

साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌

“तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ” भनेर येशूले सिकाउनुभयो। (मत्ती १०:८) त्यसैले हामी मानिसहरूलाई बाइबल र बाइबल आधारित हाम्रा किताब अनि पत्रपत्रिका शुल्क नलिई दिन्छौं। (२को २:१७) तर एउटा कुरा हामीले मनमा राख्नुपर्छ। हाम्रा यी प्रकाशनहरू कुनै साधारण प्रकाशन होइन किनभने यसमा परमेश्‍वरको वचनको अमूल्य सत्य कुराहरू लेखिएका छन्‌। साथै यी साहित्यहरू छाप्न र विश्‍वभरिका मण्डलीहरूमा पठाउन धेरै नै खर्च र मेहनत लाग्छ। त्यसैले आफूलाई चाहिने जति मात्र लिनुपर्छ।

सार्वजनिक साक्षी कार्य गर्दा पनि साँच्चै पढ्‌न चाहनेहरूलाई मात्र साहित्य दिनुहोस्‌। (मत्ती ७:६) बाटोमा हिंड्‌नेहरू सबैलाई खुरुखुरु दिनुको साटो साँच्चै चासो छ कि छैन पक्का गर्न कुराकानी गर्ने कोसिस गर्नुहोस्‌। मानिसहरूको चासो छ कि छैन पक्का गर्न तल पेटीमा दिइएका प्रश्‍नहरू विचार गर्न सक्नुहुन्छ। साँच्चै चासो भएको व्यक्‍ति हो कि होइन भनेर पक्का गर्न सकिएन भने पर्चा मात्र दिन सक्छौं। तैपनि तिनले पत्रिका वा अरू कुनै प्रकाशन मागेमा खुसीसाथ दिन सक्छौं।—हितो ३:२७, २८

के उक्‍त व्यक्‍ति . . .

  • हाम्रो कुरा ध्यान दिएर सुन्छ?

  • हामीसित दोहोरो कुरा गर्छ?

  • साहित्य पढ्‌न इच्छुक छ?

  • अनुदान दिन चाहन्छ?

  • हाम्रो सन्देश सुन्‍न पाएकोमा खुसी छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने