कुराकानी थाल्ने उदाहरण
मे महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“हामीमध्ये प्रायजसो बेला-बेला भगवान्लाई पुकार्छौं। किनकि भगवान्लाई पुकार्दा उहाँसित घनिष्ठ हुन सक्छौं भनेर हामी विश्वास गर्छौं। तर भगवान्लाई पुकारेर उहाँसित कसरी घनिष्ठ हुन सकिन्छ, के तपाईं बुझ्न चाहनुहुन्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि तिनलाई अप्रिल-जून अङ्कको प्रहरीधरहरा देखाउँदै पृष्ठ १८ को पहिलो उपशीर्षक र उद्धरण गरिएको कुनै एउटा शास्त्रपद पढ्दै छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अप्रिल-जून
“अहिले थुप्रैलाई भविष्य कस्तो होला भनेर डर लाग्छ। सन् २०१२ मा पृथ्वी नाश हुने हो कि भनेर केही मानिस चिन्ता गर्छन्। के तपाईंले यसबारे सुन्नुभएको थियो? तपाईंलाई कस्तो लाग्छ, के पृथ्वी नाश होला? [जवाफ दिने मौका दिनुहोस्] यससम्बन्धमा पवित्र शास्त्रले के भनेको छ, याद गर्नुहोस्। [उपदेशक १:४ पढ्नुहोस्। पृष्ठ १० मा भएको लेख देखाउनुहोस्] पृथ्वीबारे बाइबलमा गरिएका अन्य भविष्यवाणीबारे यस लेखमा छलफल गरिएको छ।” पत्रिका दिनुहोस् र फेरि भेटेर पृथ्वी कसरी सुन्दर बगैंचामा परिणत हुनेछ, त्यसबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।