प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 सेप्टेम्बर p. १
  • विभिन्‍न तरिका चलाएर प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विभिन्‍न तरिका चलाएर प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • ‘मेरो वचनमा रहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “मानिसहरूको चासो जगाउने खालका कुनै पनि पुस्तिका अथवा पुराना पत्रिका प्रस्तुत गर्नुहोस्‌”
    हाम्रो राज्य सेवा—२०११
  • “सबै किसिमका मानिसहरू”-लाई प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 सेप्टेम्बर p. १

विभिन्‍न तरिका चलाएर प्रचार गर्नुहोस्‌

१. सुरु-सुरुका ख्रीष्टियनले फरक-फरक तरिकाले प्रचार गरेको कुराबाट हामी के सिक्न सक्छौं?

१ सुरु-सुरुका ख्रीष्टियनले विभिन्‍न संस्कृति अनि धर्मका मानिसहरूलाई सुसमाचार प्रचार गरे। (कल. १:२३) प्रचार गर्ने सन्देश एउटै अर्थात्‌ परमेश्‍वरको राज्यबारे भए तापनि प्रचार गर्ने तरिका भने मानिसअनुसार फरक-फरक थियो। जस्तै:- धर्मशास्त्रको गहिरो आदर गर्ने यहूदीहरूसित कुराकानी गर्दा पत्रुसले भविष्यवक्‍ता योएलका शब्दहरू उद्धरण गरे। (प्रेषि. २:१४-१७) तर अर्कोतर्फ पावलले ग्रीकहरूसित कसरी तर्क गरे, प्रेषित १७:२२-३१ को विवरण याद गर्नुहोस्‌। आज कुनै-कुनै इलाकाका मानिसहरूले बाइबलप्रति आदर देखाउँछन्‌। त्यसकारण घरघरको प्रचारमा विनाहिचकिचाहट बाइबलबारे उल्लेख गर्न सक्छौं। तर बाइबल वा धर्मप्रति पटक्कै चासो नदेखाउनेहरूसित वा अन्य धर्मावलम्बीसित कुरा गर्दा भने होसियार हुनुपर्छ।

२. बाइबलको कदर गर्ने र नगर्ने, दुवै किसिमका मानिसहरूलाई मदत गर्न हाम्रा साहित्यहरू कसरी प्रयोग गर्न सकिन्छ?

२ प्रभावकारी तरिकामा साहित्य प्रस्तुत गर्नुहोस्‌: यस सेवा वर्षमा प्रस्तुत गरिने साहित्यहरू दुई-दुई महिनामा परिवर्तन हुनेछ र ती साहित्यमा पत्रिका, पर्चा अनि पुस्तिका समावेश गरिनेछ। हाम्रो इलाकाका मानिसहरूलाई बाइबलमा त्यत्ति चासो छैन भने पनि हामी उनीहरूलाई चासो लाग्ने विषयसित सम्बन्धित साहित्य प्रस्तुत गर्न सक्छौं। पहिलो भेटमा एउटै पनि शास्त्रपद पढेका थिएनौं होला अथवा सीधै बाइबलबारे उल्लेख गरेका थिएनौं होला, तर चासो देखाएकाहरूलाई भने फेरि भेट्‌न जान्छौं। यसरी भेट्‌नुको उद्देश्‍य सृष्टिकर्ता र उहाँको प्रेरित वचनमाथि उनीहरूको विश्‍वास बलियो बनाउनलाई हो। तर बाइबलको कदर गर्ने इलाकामा प्रचार गरिरहेका छौं भने बाइबलप्रति घरधनीको कदर अझै बढाउने किसिमकै प्रस्तुति र साहित्य प्रयोग गर्न सक्छौं। महिनामा प्रस्तुत गरिने साहित्य अरू नै भए तापनि हामी जहिलेसुकै बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिका प्रस्तुत गर्न सक्छौं। मुख्य कुरा, मानिसहरूलाई यहोवाबारे सिक्न उत्सुक बनाउने तरिका प्रयोग गर्नु हो।

३. कुन अर्थमा मानिसहरूको हृदय जमिनजस्तै हो?

३ जमिन तयार पार्नुहोस्‌: मानिसको हृदयलाई जमिनसित तुलना गर्न सकिन्छ। (लूका ८:१५) बाइबल सत्यको बीउले जरा गाडोस्‌ र हुर्कोस्‌ भन्‍ने चाहन्छौं भने कुनै-कुनै जमिन निकै खनजोत गर्नुपर्ने हुन्छ। प्रथम शताब्दीका प्रचारकहरू हरेक किसिमको जमिनमा बीउ छर्न सफल भए। यसले गर्दा तिनीहरू सन्तुष्ट र आनन्दित भए। (प्रेषि. १३:४८, ५२) प्रचार गर्ने तरिकामा ध्यान दिएर हामी पनि त्यसरी नै सफल हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने