कुराकानी थाल्ने उदाहरण
फेब्रुअरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् अथवा सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिकाको पृष्ठ २-३ घरधनीलाई देखाउनुहोस्। अनि यसो भन्नुहोस्: “के तपाईं यस्तो संसारमा बस्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले अहिलेको संसारलाई चाँडै यस्तै सुन्दर अनि शान्त ठाउँ बनाउनुहुनेछ अनि त्यहाँ कोही पनि गरिब र बिरामी हुनेछैन भनेर बाइबलमा [अर्थात् यस पवित्र ग्रन्थमा] प्रतिज्ञा गरिएको छ। यस्तो ठाउँमा बस्न हामीले के गर्नुपर्छ, यहाँ हेर्नुस् त। [पृष्ठ ३ को माथिपट्टि उल्लिखित यशैया ५५:३ पढ्नुहोस्।] यसमा परमेश्वरकहाँ ‘आउनू’ अनि उहाँको कुरा ‘सुन्नू’ भनिएको छ। तर उहाँको कुरा कसरी सुन्न सक्छौं?” पृष्ठ ४-५ पल्टाउनुहोस् र प्रश्नको जवाफ दिनुहोस्। पुस्तिका दिनुहोस्। अनि हाम्रो सृष्टिकर्ता को हुनुहुन्छ भन्नेबारे पृष्ठ ६-८ बाट छलफल गर्न अर्को पटक भेट्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जनवरी-मार्च
“के तपाईंलाई हामी यस्तो समयमा बाँचिरहेका छौं जस्तो लाग्छ? [२ तिमोथी ३:१-४ पढ्नुहोस्। अनि जवाफ दिने मौका दिनुहोस्।] अन्तको दिनबारे चासो लिनु उचित हो किनभने यी नराम्रा कुराहरू हुनु भनेको अब चाँडै राम्रा कुराहरू हुनेछन् भन्ने सङ्केत हो।” पृष्ठ ६ मा भएको प्रश्नका साथै उल्लिखित बाइबल पद देखाउनुहोस्। अनि पत्रिका दिनुहोस्।
ब्यूँझनुहोस्! जनवरी-मार्च
“तपाईंलाई हाम्रो र पृथ्वीको भविष्य कस्तो होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] भविष्यबारे बाइबलको जवाफ स्पष्ट छ, त्यो हो—प्रमोदवन! आफूले बनाएको पहिलो मानव जोडीलाई सृष्टिकर्ताले त्यहीं राख्नुभएको थियो। प्रमोदवन कस्तो थियो, त्यसबारे यहाँ हेर्नुहोस् त।” [उत्पत्ति २:८ पढ्नुहोस्।] पृष्ठ १४-१५ मा भएको लेख देखाउनुहोस्। त्यसपछि पत्रिका दिनुहोस् अनि पृथ्वीबारे बाइबलमा थप कस्तो प्रतिज्ञा गरिएको छ, त्यो छलफल गर्न अर्को पटक भेट्ने प्रबन्ध मिलाउनुहोस्।