प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मार्च pp. २-३
  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • सशक्‍त साक्षी दिइनेछ
    हाम्रो राज्य सेवा—२०११
  • अतिथिलाई स्वागत गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • स्मरणार्थमा उपस्थित हुनेहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
    हाम्रो राज्य सेवकाई—२००८
  • स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌”
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 मार्च pp. २-३

तिनीहरूलाई स्वागत गर्नुहोस्‌!

१. कुन अवसरमा हामीले साक्षी दिने राम्रो मौका पाउँछौं र किन?

१ येशूको मृत्युको वार्षिकीमा हामीले साक्षी दिने एकदमै राम्रो मौका पाउँछौं। यो वर्षको स्मरणार्थमा एक करोडभन्दा धेरै मानिस उपस्थित हुने आशा गरिएको छ। यस अवसरमा तिनीहरूले फिरौतीको बलिदानमार्फत व्यक्‍त गरिएको दुईवटा महान्‌ प्रेमबारे सुन्‍ने मौका पाउनेछन्‌। (यूह. ३:१६; १५:१३) यहोवाले दिनुभएको उपहारले गर्दा सम्भव भएको आशिष्‌बारे तिनीहरूले सिक्नेछन्‌। (यशै. ६५:२१-२३) तर यस अवसरमा साक्षी दिने काम वक्‍ताको मात्र त होइन। उपस्थित सबै जनाले नयाँ मानिसहरूलाई न्यानो स्वागत गरेर राम्रो साक्षी दिने मौका पाउँछन्‌।—रोमी १५:७.

२. नयाँ मानिसहरूलाई हामी कसरी न्यानो स्वागत गर्न सक्छौं?

२ आफ्नो लागि सिट खोज्ने अनि कार्यक्रम कहिले सुरु हुन्छ भनी चुपचाप पर्खनुभन्दा नयाँ मानिसहरूसित परिचय गर्न अग्रसर हुनुभए कसो होला? नयाँ व्यक्‍तिलाई अप्ठ्‌यारो लागिरहेको हुन सक्छ। के-कस्तो कार्यक्रम हुन्छ भनेर पनि तिनीहरूलाई थाह छैन होला। हाम्रो न्यानो मुस्कान र मित्रैलो अभिवादनले तिनीहरूलाई सजिलो महसुस गराउँछ। निम्तो पाएर आएको हो कि होइन भनेर थाह पाउन तपाईं तिनलाई ‘यस्तो सभामा आउनुभएको पहिलो चोटि हो?’ अथवा ‘यहाँ तपाईं कसैलाई चिन्‍नुहुन्छ?’ भनेर सोध्न सक्नुहुन्छ। आफूसँगैको सिटमा बस्नको लागि भन्‍न सक्नुहुन्छ। अनि तिनलाई बाइबल र गीति पुस्तक देखाउन सक्नुहुन्छ। कार्यक्रम राज्यभवनमा हुँदैछ भने राज्यभवन भित्र यताउता घुमाउन सक्नुहुन्छ। भाषणपछि तिनको प्रश्‍नको जवाफ दिनुहोस्‌। अर्को मण्डलीको लागि राज्यभवन तुरुन्तै खाली गरिदिनुपर्छ भने तपाईं यसो भन्‍न सक्नुहुन्छ: “आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो भनेर भेटेरै कुरा गर्न मिल्छ कि? तपाईंलाई कसरी सम्पर्क गर्न सकिन्छ?” तिनलाई अर्को चोटि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। विशेषगरि एल्डरहरू त्यस सभामा उपस्थित निष्क्रिय प्रकाशकहरूलाई प्रोत्साहन दिन सचेत हुनुपर्छ।

३. स्मरणार्थमा नयाँ मानिसलाई स्वागत गर्न हामी अग्रसर हुनु किन महत्त्वपूर्ण छ?

३ प्रायः नयाँ मानिसहरूले यहोवाका जनहरूबीच छाएको आनन्द, शान्ति र भाइचारा यस उत्सवमा पहिलो चोटि देखिरहेका हुन्छन्‌। (भज. २९:११; यशै. ११:६-९; ६५:१३, १४) स्मरणार्थ उत्सवमा उपस्थित भएका नयाँ मानिसहरूले के कुरा सम्झने छन्‌? त्यो कुरा हामीले तिनीहरूलाई कसरी स्वागत गर्छौं धेरै हदसम्म त्यसैमा भर पर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने