प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल p. १
  • सशक्‍त साक्षी दिइनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सशक्‍त साक्षी दिइनेछ
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!
    हाम्रो राज्य सेवा—२०१३
  • स्मरणार्थमा उपस्थित हुनेहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
    हाम्रो राज्य सेवकाई—२००८
  • अतिथिलाई स्वागत गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌”
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल p. १

सशक्‍त साक्षी दिइनेछ

१. स्मरणार्थमा दिइने भाषणलगायत अर्को कुन कुराले पनि आगन्तुकहरूलाई प्रभावित पार्न सक्छ? बताउनुहोस्‌।

१ कहिले? स्मरणार्थको साँझ। अरू मानिस पनि हामीसँगै स्मरणार्थमा उपस्थित होऊन्‌ भनेर निम्तो दिन हामीले निकै प्रयास गऱ्‍यौं। आगन्तुकहरू सुनेको कुराले मात्र प्रभावित हुने होइनन्‌। स्मरणार्थमा उपस्थित भइसकेपछि एउटी स्त्रीले देखेको कुराको प्रशंसा गरिन्‌। तिनले त्यहाँ भएका सबैको मित्रैलो स्वभाव, स्वयम्‌सेवकहरूले बनाएको सुन्दर र सफा भवन अनि भवनलाई राम्रो अवस्थामा राखिएको देखेर प्रशंसा गरिन्‌। त्यसकारण वर्षकै यो महत्त्वपूर्ण साँझ साक्षी दिने जिम्मा वक्‍ताको मात्रै होइन, हामी सबैको पनि हो।​—⁠एफि. ४:⁠१६.

२. आगन्तुकहरूलाई हामी हरेकले कसरी साक्षी दिन सक्छौं?

२ आगन्तुकहरूलाई हार्दिक स्वागत गर्नुहोस्‌: हामीले मुस्कुराउँदै र खुसी हुँदै नमस्कार गर्दा आगन्तुकहरूलाई साक्षी दिइरहेका हुन्छौं। (यूह. १३:३५) सबैसँग कुरा गर्न भ्याउनुभएन भने पनि नजिकै बसेकाहरूसँग चिनापर्ची त पक्कै गर्न सक्नुहुन्छ। (हिब्रू १३:​१, २) हामीमध्ये कसैलाई पनि नचिन्‍ने आगन्तुकहरू छन्‌ कि भनेर खोज्नुहोस्‌। तिनीहरूले निम्तो बाँड्‌ने अभियानमा निम्तो पर्ची पाएका हुन सक्छन्‌। तपाईं यसरी सोध्न सक्नुहुन्छ: “तपाईं यहाँ पहिलो पटक आउनुभएको हो कि?” तिनीहरूलाई सँगै बस्न बोलाउनुहोस्‌ र कुनै प्रश्‍न छ कि भनेर सोध्नुहोस्‌। अर्को मण्डलीले त्यही ठाउँ प्रयोग गर्ने भएकोले त्यहाँबाट छिट्टै निस्कनुपर्छ भने यसो भन्‍न सक्नुहुन्छ: “यो कार्यक्रम तपाईंलाई कस्तो लाग्यो भनेर तपाईंबाट सुन्‍न चाहन्थें। तपाईंसँग फेरि कसरी भेट्‌न सकिएला?”

३. निष्क्रिय भएकाहरूलाई हामी कसरी स्वागत गर्न सक्छौं?

३ निष्क्रियहरूलाई स्वागत गर्नुहोस्‌: निस्सन्देह, निष्क्रिय प्रकाशकहरू र स्मरणार्थमा मात्रै आउने अरू प्रकाशक पनि उपस्थित हुनेछन्‌। तिनीहरूलाई स्वागत गर्नुहोस्‌ र भेट्‌न पाउँदा साँच्चै नै खुसी लागेको कुरा थाह दिनुहोस्‌। (रोमी १५:⁠७) मण्डलीसँग फेरि सङ्‌गत गर्ने प्रोत्साहन दिन एल्डरहरू छिट्टै तिनीहरूलाई घरमा भेट्‌न जान सक्छन्‌। उपस्थित थुप्रैले सुनेको कुराले मात्रै होइन तर ‘आफ्नै आँखाले हाम्रो असल काम देखेर’ पनि परमेश्‍वरको महिमा गर्न उत्प्रेरित होऊन्‌ भनेर हामी प्रार्थना गर्छौं।​—⁠१ पत्रु. २:⁠१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने