स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्”
१ बितेका केही वर्षहरूमा स्मरणार्थको उपलक्ष्यमा भेला हुने हरेक तीन जनामध्ये एक जना मात्र सुसमचारको प्रचारक हुन्थे। सम्भवतः यो वर्ष पनि त्यस्तै हुन सक्छ। नजिकको शहरमा बस्ने कुनै नातेदार अथवा चीनजानले निम्त्याएको हुनाकारण केही व्यक्तिहरू उपस्थित हुन्छन् भने कसैकसैलाई चाहिं स्थानीय प्रकाशकहरूले नै निम्ताएको हुन्छ। यसबाहेक बप्तिस्मा प्राप्त केही यस्ता व्यक्तिहरू पनि हुन्छन् जसले सेवकाईमा भाग लिन छाडिसकेका छन्। तापनि “यो मेरो सम्झनामा गर्ने गर” भनी येशूले दिनु भएको आदेशलाई कदर गर्ने ती सबै जनाको हामी स्वागत गर्छौं।—१ कोरिन्थी ११:२४; रोमी १५:७.
२ खटाइएका परिचारकहरूले नबिर्सिकन सबै जनाको स्वागत गर्नु पर्छ। खास गरी नयाँ व्यक्तिहरू राज्य सभा गृहभित्र पस्दापस्दै तिनीहरूको स्वागत गर्नु आवश्यक छ। तर परिचारकहरू बाहेक हामी सबैले नै स्मरर्णाथको उपलक्ष्यमा अतिथि-सत्कारको भाव दर्साउन सक्छौं। (रोमी १२:१३) तर कसरी?
३ त्यस बेलुकी केही प्रकाशकहरू चासो राख्ने व्यक्तिहरूका लागि यातायातको प्रबन्ध गर्नमा अति नै व्यस्त हुनेछन्। अरू केही प्रकाशकहरूले चाहिं सभागृहमा अलिक चाँडै नै उपस्थित भएर एक्लै आउने अतिथिहरूको स्वागत गर्न सक्छन्। सभागृहभित्र कुनै अपरिचित व्यक्तिले प्रवेश गर्दा आत्मीयतासाथ उनको स्वागत गर्दै उनीसित कुरा गर्नुहोस्। उनले कुनै स्थानीय भाइहरूलाई चिनेका छन् कि छैनन्, सो सोध्नु होस्। चिनेका छन् भने ती भाइ नआउञ्जेलसम्म तिनको हेरविचार गरिदिनु होस्। (लूका १०:३५ तुलना गर्नुहोस्।) उनले कसैलाई पनि चिनेको छैन भने चाहिं उनलाई सभाभरि तपाईंसितै बसाउनु होस्। कार्यक्रम सुरु भएको केही समयपछि दाखरस र रोटीको कसरी प्रयोग गरिन्छ, सो उनलाई बुझाउनु होस्। साथै, वक्ताले उद्धृत गर्ने शास्त्रपदहरू खोलेर पढ्न उनलाई तपाईं मदत गर्न सक्नु हुन्छ।
४ उनी आएकोमा तपाईं कति खुशी हुनु हुन्छ, सो स्मरणार्थ-उपलक्ष्यको अन्तमा उनलाई भन्नु होस्। हाम्रो कामबारे उनले केही प्रश्नहरू सोधेमा तिनको जवाफ सायद तपाईंले नै दिन सक्नु हुन्छ। तपाईंले देखाउनु भएको व्यक्तिगत चासोको परिणामस्वरूप त्यहीं राज्य सभा-गृह मै अथवा अन्य कुनै ठाउँमा बाइबलसम्बन्धी विषयको छलफल शुरु हुन सक्छ। यसप्रकारको सराहनीय कदम चाल्ने सतर्क भाइहरूले केही अति नै राम्रा अध्ययनहरू शुरु गरेका छन्। ती अपरिचित अतिथिले राज्य सभा-गृह छाड्नअघि नै उनलाई अरूहरूसित परिचित गराउनु होस् र उनलाई फेरि फर्केर आउने आत्मीयतापूर्ण निम्तो दिनु होस्।
५ सभाहरूमा नियमित तवरले आउने नगरेका अथवा सेवकाईमा केही समयदेखि सक्रिय नभएका हाम्रा प्रिय भाइ-बहिनीहरूको पनि स्वागत गर्न हामी कति खुशी छौं! उनीहरू यतिका दिन किन आएनन् भनेर सोध्नुको सट्टा उनीहरू उपस्थित भएकोमा आफ्नो आनन्द प्रकट गर्नु होस्। स्मरणार्थको भाषणमा सुनेको कुनै कुराबाट उनीहरू यहोवासितको आफ्नो समर्पणाबारे पुनः विचार गर्न उत्प्रेरित हुन सक्छन्। हामीले व्यक्त गरेको आत्मीयतापूर्ण स्वागत र निष्कपट चासोबाट तिनीहरू हृदयबाटै प्रभावित हुन सक्छन्। तपाईं तिनीहरूलाई फेरि भेट्न साँच्चै नै उत्सुक हुनु हुन्छ भनी तिनीहरूलाई बताउनु होस्।—रोमी १:११, १२.
६ “मानव समाजका आवश्यकताहरूलाई साँचो धर्मले पूरा गर्दछ” शीर्षक भएको विशेष भाषण धेरै जसो मण्डलीहरूमा एप्रिल १० तारिख दिइनेछ। स्मरणार्थको उपलक्ष्यमा उपस्थित हुने सबै जनालाई निम्त्याउन र हाजिर हुने मदत दिन नबिर्सनु होस्। यी विशेष सभाहरूमा उपस्थित हुने सबै जनाको स्वागत गरिनेछ र तिनीहरूले यहोवाका जनहरूको माझमा पाइने आत्मीयतापूर्ण सङ्गतीको स्वाद लिने छन् भनी हामी आशा गर्दछौं।—भजन १३३:१.