कुराकानी थाल्ने उदाहरण
प्रहरीधरहरा जनवरी १
“सरकारी कामकाजमा हुने भ्रष्टाचार कहिल्यै समाधान नहुने समस्या जस्तो देखिन्छ। तपाईंको विचारमा मानिसहरूले किन भ्रष्टाचारको अन्त गर्न नसकेको होला? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा दिइएको यो कुरा मलाई रोचक लाग्यो। [उपदेशक ७:२० पढ्नुहोस्।] भ्रष्टाचारको अन्त कसरी हुन्छ भन्ने विषयमा बाइबलले के सिकाउँछ, यस पत्रिकामा बताइएको छ। यसको एक प्रति तपाईंलाई दिन्छु, पढ्नुहोस् न है।”
ब्यूँझनुहोस्! जनवरी-मार्च
“हरेक ४ जना व्यक्तिमध्ये १ जनालाई कुनै पनि बेला मानसिक रोग लाग्न सक्छ भनेर अनुमान गरिएको छ। मानसिक रोगले पीडित कुनै व्यक्तिलाई हामी चिन्छौं होला। [लेख खोलेर देखाउनुहोस्।] हाम्रो आफन्त वा साथीहरू त्यस्तो स्थितिमा छन् भने हामीले तिनीहरूलाई कसरी मदत गर्न सक्छौं भन्ने विषयमा मदतकारी सल्लाहहरू यस लेखमा दिइएका छन्।”