कुराकानी थाल्ने उदाहरण
जुलाई महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“हामीमध्ये धेरैजसो सृष्टिकर्तामाथि विश्वास गर्छौं। तर तपाईंले सृष्टिकर्ताबाट सिक्ने विषयमा कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् ] हामीले किन उहाँबाट सिक्नुपर्छ, त्यसबारे म तपाईंलाई पवित्र शास्त्रमा लेखिएको एउटा कुरा देखाऊँ?” यदि घरधनी सुन्न इच्छुक छन् भने यर्मिया २९:११ पढेर सुनाउनुहोस्। त्यसपछि जुलाई-सेप्टेम्बर अङ्कको प्रहरीधरहरा घरधनीलाई देखाउँदै पृष्ठ १४ को पहिलो उपशीर्षकमुनिका अनुच्छेदहरू पढेर छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जुलाई-सेप्टेम्बर
“थुप्रै दम्पतीको वैवाहिक जीवन समस्यै-समस्याले भरिएको कुरा हामीले सुन्ने गरेका छौं। वैवाहिक बन्धनलाई बलियो बनाउन हामीले के गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] थुप्रै दम्पतीलाई मदतकारी लागेको एउटा सुझाव म तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा १ कोरिन्थी १०:२४ पढ्नुहोस् ] यस पत्रिकामा श्रीमान् अनि श्रीमतीले गर्ने गरेका छवटा गुनासाबारे छलफल गरिएको छ अनि पवित्र शास्त्रमा दिइएका सिद्धान्तहरूले कसरी मदत गर्न सक्छ, त्यो बताइएको छ।”