प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जून p. ८

कुराकानी थाल्ने उदाहरण

जुलाई महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामीले भेटेका प्रायः सबै मानिस संसारमा शान्ति छाएको हेर्न चाहन्छन्‌। तर ठाउँ-ठाउँमा युद्धहरू भइरहेका छन्‌। तपाईंको विचारमा संसारमा किन शान्ति छैन?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यस विषयमा बाइबलले के भन्छ देखाऊँ कि भनेर सोध्नुहोस्‌। घरधनीले चासो देखाएमा जुलाई–सेप्टेम्बर, प्रहरीधरहरा-को पृष्ठ १५ देखाउनुहोस्‌ र सँगै पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस्‌ र कम्तीमा पनि एउटा शास्त्रपद पढ्‌नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को चोटि दोस्रो प्रश्‍न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्‌।

नोट: जुलाई ६ मा हुने क्षेत्र सेवाको सभामा यो प्रस्तुति प्रदर्शन गरेर देखाउनुपर्छ।

प्रहरीधरहरा जुलाई-सेप्टेम्बर

“थुप्रै मानिसको विचारमा भगवान्‌ले गर्दा प्राकृतिक प्रकोपहरू भइरहेका हुन्‌। त्यसैले उनीहरूको विचारमा भगवान्‌ निर्दयी हुनुहुन्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] भगवान्‌ कस्तो हुनुहुन्छ भनेर बताउने एउटा बाइबल पद तपाईंलाई देखाऊँ? [घरधनीले चासो देखाएमा १ यूहन्‍ना ४:८ पढ्‌नुहोस्‌] थुप्रै जना यस कुरासित सहमत छन्‌ भने अरू कोही-कोहीचाहिं छैनन्‌। भगवान्‌ निर्दयी हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु किन गलत हुनेछ भनेर यस पत्रिकामा चित्तबुझ्दो ढङ्‌गमा प्रस्तुत गरिएको छ।”

ब्यूँझनुहोस्‌! जुलाई-सेप्टेम्बर

“आज हामी तपाईंको घर-छिमेकमा सबैलाई चिन्ता लाग्ने एउटा विषय अपराधबारे कुरा गर्दैछौं। कसै-कसैलाई अपराध नियन्त्रणमा राख्न प्रहरीको सङ्‌ख्या बढाउनुपर्छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] अपराधको नामोनिसान नहुने समय पनि आउनेछ भनेर बाइबलमा बताइएको छ। यो कुरा के तपाईंलाई थाह छ? [भजन ३७:९, ११ पढ्‌नुहोस्‌] यस आश्‍वासनबारे यो पत्रिकामा छलफल गरिएको छ। साथै अपराधदेखि जोगिन हामीले के-कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौं भनेर पनि बताइएको छ।”

परमेश्‍वरबाट आएको सुसमाचार!

“हामी तपाईंको छिमेकमा बाइबलबाट एउटा राम्रो जानकारी बताउँदैछौं। थुप्रैको मनमा मायालु परमेश्‍वरले संसारमा किन यत्ति धेरै दुःखकष्ट हुन दिनुभएको भन्‍ने प्रश्‍न छ। के दुःखकष्ट परमेश्‍वरले पृथ्वीको लागि राख्नुभएको सुरुको उद्देश्‍यको भाग थियो?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पाठ ५ पल्टाउनुहोस्‌ र पहिलो दुई अनुच्छेद र छड्‌के अक्षरमा भएका शास्त्रपद पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌। पुस्तिका दिनुहोस्‌ र गाढा अक्षरमा भएको अर्को प्रश्‍न छलफल गर्न फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने