सार्वजनिक साक्षी दिंदा ध्यान दिनुपर्ने कुराहरू
मानिसहरूलाई बाइबलको सत्य ज्ञानतर्फ डोऱ्याउन टेबुल वा ट्रली चलाएर गरिएको साक्षीकार्य उपयोगी माध्यम भइरहेको छ। (यूह. ६:४४) त्यसैले धेरै मानिस आवतजावत गर्ने ठाउँमा सार्वजनिक साक्षीकार्यको प्रबन्ध मिलाउन एल्डरहरूलाई निर्देशन दिइएको छ। ट्रली गुडाउन मिल्ने भएकोले स्थानीय अख्तियारबाट अनुमति लिइरहन आवश्यक नहुन सक्छ। सार्वजनिक साक्षीकार्यमा क-कसले भाग लिन सक्छन्? राम्रोसँग कुराकानी गर्न सक्ने, सुझबुझ चलाउन सक्ने र आफूलाई मर्यादित ढङ्गमा प्रस्तुत गर्न सक्ने प्रकाशकले भाग लिन सक्छन्। तल दिइएका ‘के गर्नु हुन्छ?’ र ‘के गर्नु हुँदैन?’ भन्ने शीर्षक अन्तर्गतका बुँदाहरूलाई ध्यान दिंदा सार्वजनिक साक्षीकार्यमा अझ प्रभावकारी हुन मदत पाउनेछौं।