प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल p. २
  • न्यानो स्वागत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • न्यानो स्वागत गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌”
    हाम्रो राज्य सेवकाई—१९९४
  • सशक्‍त साक्षी दिइनेछ
    हाम्रो राज्य सेवा—२०११
  • चाख देखाउने जति सबैलाई मदत गर्नु
    हाम्रो राज्य सेवकाई—१९९३
  • अतिथिलाई स्वागत गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल p. २

ख्रीष्टियन जीवन

न्यानो स्वागत गर्नुहोस्‌

तर कसलाई? हाम्रो सभामा उपस्थित हुने सबैलाई। सभामा पहिलो पटक उपस्थित हुने व्यक्‍ति होस्‌ वा वर्षौंदेखि सभा आइरहनु भएका दाजुभाइ दिदीबहिनी होस्‌, हामीले सबैलाई न्यानो स्वागत गर्नुपर्छ। (रोमी १५:७; हिब्रू १३:२) यसमा अर्कै देशबाट घुम्न आएका ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू वा वर्षौंपछि पहिलो पटक सभामा आएका निष्क्रिय प्रकाशकहरू पनि पर्छन्‌। कल्पना गर्नुहोस्‌, तपाईंलाई न्यानो स्वागत गरिंदा कस्तो महसुस हुन्छ? पक्कै पनि तपाईं त्यसको कदर गर्नुहुन्छ नि, हैन र? (मत्ती ७:१२) त्यसो भए सभा सुरु हुनुअघि र सभा सकिएपछि अरूलाई स्वागत गर्न राज्यभवनमा उपस्थित हुने प्रयास गरे कसो होला? यसो गर्दा सभामा न्यानो र मायालु वातावरण छाउनेछ र यहोवाको महिमा हुनेछ। (मत्ती ५:१६) हुन त उपस्थित सबै जनासित एक-एक गर्दै भेट्‌न सम्भव छैन होला। तर हामीले आफ्नो जिम्मेवारी पूरा गर्दा उपस्थित सबैले न्यानो स्वागत गरिएको महसुस गर्नेछन्‌।a

साँचो अतिथि-सत्कार विशेष अवसरमा मात्र होइन, भनौं स्मरणार्थको दिनमा मात्र होइन, हरसमय हुनुपर्छ। सभामा आउने नयाँ व्यक्‍तिले हामीमा भएको ख्रीष्टियन प्रेम देखे अनि अनुभव गरे भने तिनीहरू पनि यहोवाको प्रशंसा गर्न र हामीसितै मिलेर यहोवाको उपासना गर्न उत्प्रेरित हुनेछन्‌।—यूह १३:३५.

a बहिष्कृत वा परित्याग भएका कुनै व्यक्‍ति मण्डलीमा उपस्थित हुन्छन्‌ भने हामी उनीहरूसित बाइबलमा दिइएको सिद्धान्तअनुसार व्यवहार गर्छौं।—१को ५:११; २यू १०.

राज्यभवनमा नयाँ व्यक्‍तिलाई स्वागत गर्दै गरेका भाइ

पहिलो पटक आएकाहरूलाई कसरी मदत गर्ने—केही सुझाव

  • आफ्नो परिचय दिनुहोस्‌ अनि तिनको नाम सोध्नुहोस्‌

  • आफूसँगै बस्न आग्रह गर्नुहोस्‌

  • आफ्नो बाइबल र गीतको किताब तिनलाई पनि हेर्न दिनुहोस्‌

  • सभा सकिएपछि तिनले प्रश्‍न सोधेमा जवाफ दिन समय दिनुहोस्‌

  • उपयुक्‍त छ भने बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने