ख्रीष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने इलाकाका हरेक मानिसलाई भेट्नुहोस्
किन महत्त्वपूर्ण: जकरियाले भविष्यवाणी गरेअनुसार विभिन्न भाषा बोल्ने जातिजातिका मानिसहरूले सुसमाचार स्विकार्छन्। (जक ८:२३) तर तिनीहरूलाई सुसमाचार कसले सुनाउँछन्? (रोमी १०:१३-१५) इलाकाका सबै मानिसलाई सुसमाचार सुनाउने सुअवसर र जिम्मेवारी हामीले पाएका छौं।—od पृ. ८४ अनु. १०-११
कसरी गर्ने:
तयारी गर्नुहोस्। के तपाईंले बेग्लै भाषा बोल्ने मानिस भेट्नुभएको छ? तपाईंले JW ल्याङ्ग्वेज एप प्रयोग गरेर सरल प्रस्तुति तयारी गर्न सक्नुहुन्छ। अथवा मोबाइल वा ट्याबलेट चलाएर jw.org मा तिनकै भाषामा जानकारी कसरी खोज्ने भनेर देखाउन सक्नुहुन्छ।
ध्यान दिएर हेर्नुहोस्। घरघरको प्रचार गर्दा वरपरका मानिसहरूलाई पनि प्रचार गर्ने मौका नछुटाउनुहोस्। त्यही बाटो भएर हिंडिरहेका अथवा गाडीमा कुरिरहेका मानिसहरूसित कुराकानी थाल्नुहोस्। सार्वजनिक साक्षीकार्यमा भाग लिंदै हुनुहुन्छ भने साक्षी दिने उद्देश्यमा पूरै ध्यान केन्द्रित गर्नुहोस्।
लगनशील हुनुहोस्। घरमा नभेटिएका मानिसहरूलाई फेरि गएर भेट्ने प्रयास गरिरहनुहोस्। बेग्लाबेग्लै समयमा गएर प्रत्येक घरको मानिसलाई भेट्नुहोस्। कुनै-कुनै घरधनीलाई चिठी, फोन अथवा सार्वजनिक साक्षीकार्यद्वारा सम्पर्क गर्नुपर्ने हुन सक्छ।
पुनःभेट गर्नुहोस्। चासो देखाएका मानिसहरूलाई तुरुन्तै भेट्नुहोस्। त्यस व्यक्तिले बेग्लै भाषा बोल्छन् भने तिनकै भाषामा मदत गर्न सक्ने प्रकाशक खोज्नुहोस्। अनि त्यस प्रकाशकले सम्पर्क नगरेसम्म तिनलाई भेटिरहनुहोस्।—od पृ. ९४ अनु. ३९-४०
“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” प्रचार गर्ने भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:
दुर्गम इलाकाका मानिसहरूलाई भेट्न हाम्रा दाजुभाइ दिदीबहिनीहरूले कस्ता तयारीहरू गरे? (१को ९:२२, २३)
तिनीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्थ्यो?
तिनीहरूले कस्ता आशिष्हरू पाए?
तपाईंको इलाकाका अझ धेरै मानिसलाई भेट्न के गर्न सक्नुहुन्छ?