ख्रिष्टियन जीवन
परमेश्वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्नुहुन्छ?
बाइबलका लेखक यहोवा परमेश्वर हुनुहुन्छ। यस पवित्र किताबमा उहाँका विचार र भनाइहरू उल्लेख गरिएका छन्। (२प १:२०, २१) यहोवाको राज्यद्वारा उहाँको सार्वभौमिकता उच्च पारिनेछ र छिट्टै पूरै मानिसजातिको जीवन राम्रो हुनेछ भनेर बाइबलमा बताइएको छ। स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवाको मायालु व्यक्तित्वबारे पनि बाइबलमा बताइएको छ।—भज ८६:१५.
हामी प्रत्येकले यहोवाको वचनको मोल गर्ने विभिन्न कारण पाएका छौँ। तर के हामी दिनहुँ परमेश्वरको वचन पढेर अनि त्यसलाई आफ्नो जीवनमा लागू गरेर यो बहुमूल्य उपहारलाई अनमोल ठानेको देखाउँछौँ? हाम्रो काममा भजनरचयिताको जस्तै मनोवृति देखिनुपर्छ, जसले यस्तो लेखे: “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!”—भज ११९:९७.
तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल) भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
विलियम टिन्डेलले किन बाइबलका केही खण्ड अनुवाद गरे?
बाइबल अनुवाद गर्न तिनले गरेको प्रयास किन उल्लेखनीय छ?
टिन्डेलले अनुवाद गरेका बाइबलका प्रतिहरू कसरी गोप्य रूपमा बेलायतसम्म पुऱ्याइयो?
हामी प्रत्येकले परमेश्वरको वचनलाई अनमोल ठानेको कसरी देखाउन सक्छौँ?